कावासोती । नवलपुरको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मध्यविन्दु-७ अम्रसा जंगलमा पर्ने भित्री बाटोमा सोमबार बिहान ६ बजेको समयमा ३ जना सवार लु९प८११६ नं.को होण्डा साइन मोटरसाईकल बाटो चिप्लो भएर चालकले नियन्त्रण गुमाउदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा मध्यविन्दु-७का २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुमको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
त्यसै गरि दुर्घटनामा बर्दघाट-५ का२८ वर्षीय मनिस घर्ती मगर गम्भीर घाईते भएका छ्न । उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ जेठ १४ गते ७:२८
Facebook Comment