कावासोतीमा दुई दिने रक्तदान महोत्सव हुँदै

NAWALPUR TIMES

कावासोतीमा दुई दिने रक्तदान महोत्सव हुँदै

कावासोती । नवलपुरको कावासोतीमा आगामी माघ १६ र १७ गते प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ । ब्लड डोनर्स सोसाइटी नवलपुरको आयोजना र रक्तसञ्चार सेवा केन्द्रको प्रविधिक सहयोगमा कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङगढमा रक्तदान महोत्सव हुन लागेको हो ।

दुई दिनसम्म लगातार रगत संकलन गरी जिल्लामा अहिलेसम्मकै धेरै रगत संकलन गर्ने लक्ष्य रहेको सोसायटीका अध्यक्ष भोजराज भुर्तेल किरणले जानकारी दिए ।

यसअघि पाँच सय १२ पिन्ट रगत संकलन भएकाले त्योभन्दा बढी रगत संकलन गर्ने योजना रहेको उनको भनाइ छ । अहिलेसम्म २३ जिल्लाबाट रक्तदाता आउने निधो भइसकेको र ५० जिल्लाको सहभागिता गराउने लक्ष्य रहेको भुर्तेलले बताए ।

हरेक वर्ष रगतको अभाव हुने गरेकाले त्यसलाई पुर्ति गर्न यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा अंगदान प्रतिज्ञा दर्ता, स्वास्थ्य परीक्षण, रक्तदान सम्बन्धि अन्तरकृया र यसैसँग सम्बन्धिक सांस्कृतिक कार्यक्रम पनि राखिएको भुर्तेलले बताए ।

त्यस्तै रगतको क्षेत्रमा काम गर्नेहरुलाई ‘रक्त रत्न’बाट सम्मान, देशभरमै सबैभन्दा बढी रक्तदान गर्ने पाँच जनालाई सम्मान, नवलपुरमा सबैभन्दा बढी रक्तदान गर्ने पाँच जनालाई सम्मान गरिने बताइएको छ ।

रक्त सञ्चार केन्द्रका अनुसार जिल्लामा मासिक दुईसय पिन्टभन्दा बढी रगतको माग हुने गरेको छ । तर डायलासिस गराउनु पर्ने बिरामीका कारण यो माग अनुसार रक्तदान हुन सकेको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology