कावासोती । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको खाग सहित दुइ जनालाई पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं ९ बिसहजारी रोड क्षेत्र बाट गैँडाको खाग सहित २ जनालाई निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीले पक्राउ गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
गोप्य सुचनाको आधारमा पछ्याउँदै जादा उनिहरुलाई गैँडाको खाग सहित पक्राउ आईतबार दिउसो पक्राउ गरिएको हो । पक्राउ परेकाहरु निकुञ्जको नियन्त्रणमा रहेका र घटनाको अनुसन्धान भैरहेकाले पक्राउ पर्नेहरुको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी थापाले बताए ।
विगत डेढ वर्ष देखि निकुञ्जमा चोरी शिकारीको कारणले गैँडा मर्ने क्रम रोकिएको छ । पछिल्लो समय गैँडाको खाग सहित दुई जना व्यक्ति पक्राउ परे पछि निकुञ्जले अनुसन्धानलाई अगाडि बढाएको हो ।
प्रकाशित : २०८२ जेठ ६ गते ९:५३
Facebook Comment