भरतपुरबाट हिउँ चितुवाको छाला सहित २ जना पक्राउ

NAWALPUR TIMES

भरतपुरबाट हिउँ चितुवाको छाला सहित २ जना पक्राउ
IMG 20250123 WA0002

कावासोती । चितवन राष्ट्रिय निकुञ्जले हिउँ चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा नयाँ गोरख गणको संयुक्त टोलीले भरतपुर-१० मालपोत चोकबाट
चितुवाको छाला र हड्डी सहित २ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाईएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको उनले बताए । पक्राउ परेका बाट थप सूचना खुल्न सक्ने भएकाले उनिहरुको नाम ठेगाना सार्वजनिक नगरिएको थापाले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology