गैँडाकोटबाट ३० लाख ठगी गरेर फरार भएका दुई जना पक्राउ

NAWALPUR TIMES

गैँडाकोटबाट ३० लाख ठगी गरेर फरार भएका दुई जना पक्राउ

कावासोती । नवलपुरको गैंडाकोटबाट ३० लाख ठगी गरेर फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गैँडाकोट नगरपालिका वडा नं ३ ढोडेनीमा गत चैत ८ गते अमेरिकी डलर सटही गर्ने भन्दै झुक्काएर ३० लाख ठगेर फरार भएका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ३ का ताराबहादुर तामाङ र बाह्रविषे नगरपालिका वडा नं ३ का गौतम डुम्जुङ रहेका डिएसपी नेपालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई ठगी, आपराधिक विश्वाघात, आपराधिक लाभ सम्बन्धि कसुरमा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडी बढाईएको डिएसपी नेपालले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology