त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै

NAWALPUR TIMES

त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै

कावासोती । स्कटल्याण्डमा जारी त्रिदेशीय मा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । आजको खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपालले एकमा जीत र एकमा हार बेहोरेको छ । टोली पहिलो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा टोलीले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो ।

हाल २ अङ्क बटुलेको नेपाल तालिकामा पुछारमा रहेको छ । दोस्रो स्थानमा रहेको स्कटल्याण्डको पनि २ अङ्क नै भए पनि नेपाल नेट रन रेटमा पछि परेको हो । ३ खेलबाट ४ अङ्क बटुलेको नेदरल्याण्ड्स शीर्ष स्थानमा आसीन छ ।

प्रतियोगिता जित्ने सम्भावना कायम राख्न आज नेपाललाई खेल जित्नै पर्ने दबाब रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology