मानसिक स्वास्थ्य तथा आत्म हत्या निवारण अभियानको प्रशिक्षक प्रशिक्षण सुरु गर्दै नगर युवा सन्जाल

NAWALPUR TIMES

मानसिक स्वास्थ्य तथा आत्म हत्या निवारण अभियानको प्रशिक्षक प्रशिक्षण सुरु गर्दै नगर युवा सन्जाल

कावासोती । नगर युवा सन्जाल कावासोतीले मानसिक स्वास्थ्य सचेतना तथा आत्महत्या निवारण अभियानका लागि प्रशिक्षक प्रशिक्षण बुधबार देखि सुरु गर्ने भएको छ ।

नगरका १७ वटा वडामा सन्चालन गरिने मानसिक स्वास्थ्य सचेतना तथा आत्महत्या निवारण अभियानका लागि सन्जालको आयोजनामा १५ जनालाई प्रशिक्षक प्रशिक्षण तालीम दिन लागिएको नगर युवा संजालका अध्यक्ष पवन भुर्तेलले बताए ।

कावासोती १५ गोछ्डामा आयोजना गरिएको तालिम फागुन ९ गते सम्म सन्चालन हुनेछ । पहिलो चरणको तालिम सकिए पछि अभियानको दोस्रो चरणमा तालिम प्राप्त प्रशिक्षकहरुबाट मानसिक स्वास्थ्य सचेतना तथा आत्महत्या निवारण अभियान अन्तर्गत विद्यालय स्तरीय कार्यशाला र छलफल तथा समुदाय स्तरमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरिने अध्यक्ष भुर्तेलले बताए ।

तालिमको गण्डकी प्रदेशका पुर्व कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उदघाटन गर्ने आयोजकले जनाएको छ । नगर युवा संजाल आयोजक रहेको अभियानमा स्वतन्त्र विद्यार्थी युनियन कुमारवर्ती बहुमुखी क्याम्पसको सहकार्य तथा कावासोती नगरपालिकाको व्यवस्थापन रहेको  जनाईएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology