टप टी-२० सिरिजः आज मेलबर्नसँग भिड्दै नेपाल

NAWALPUR TIMES

टप टी-२० सिरिजः आज मेलबर्नसँग भिड्दै नेपाल

कावासोती । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले बुधबार आफ्नो पाँचौ खेल खेल्दैछ।

नेपाली समयअनुसार बुधबार बिहान ११ः१५ बजे नेपालले अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले हालसम्म सिरिजमा खेलेका चार खेलमध्ये तीन हार र एक जित निकालेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। चौथो खेलमा भने मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो।

११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ। तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ। अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ। नेपालले यो सिरिजको अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology