अस्ट्रेलियामा जारी ‘टप इन्ड टी-२० सिरिज’मा आज पहिलो खेल खेल्दै नेपाल

NAWALPUR TIMES

अस्ट्रेलियामा जारी ‘टप इन्ड टी-२० सिरिज’मा आज पहिलो खेल खेल्दै नेपाल

कावासोती । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले आज (साउन ३०) पहिलो खेल खेल्दै छ।

नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलियाको डार्बिनमा सुरु हुने खेलमा नेपाल घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्ससँग भिड्ने भएको हो।लगत्तै भोलि अगस्ट १६ मा नेपालले बंगलादेशको ‘ए’ टिमसँग दोस्रो खेल खेल्नेछ।

यसपछि नेपालको तेस्रो खेल अगस्ट १८ मा मेलवर्न स्टारको एकेडेमी टिमसँग हुनेछ।सिरिजको चौथो खेलअन्तर्गत नेपालले अगस्ट १९ मा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग प्रतिस्पर्धा गर्नेछ। पाँचौ खेलमा नेपाल अगस्ट २० मा मेलबर्न रेनेगेट्सको एकेडेमी टोलीसँग भिड्नेछ। नेपालले समूह चरणको छैटौँ तथा अन्तिम खेलमा अगस्ट २२ मा पाकिस्तानको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।सेमिफाइनल र फाइनल खेल २४ अगस्ट मा हुनेछन्। जारी टप इन्ड टी-२० सिरिजमा ११ टोलीको सहभागी छन्।  सिरिजमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान सहभागी छन्। त्यस्तै बिगबास लिग (बीबीएल) का हर्बट हरिकेन्स, पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलवर्न स्टार तथा मेलबर्न रेनेगेट्स टोलीका एकेडेमी टोली पनि सहभागी छन्। त्यस्तै दुई स्थानीय टोली पनि सिरिजमा सहभागी छन्।  सिरिजको उद्घाटन खेल बिहीबार (अगस्ट १४) मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’बीच भएको छ।सिरिजमा नेपाली टिम रोहित पौडेलको कप्तानीमा छ।

यस्तो छ, नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology