आज मध्यबिन्दु एफ एमको बृहत् तीज गीत प्रतियोगिता हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८२ भदौ १० गते ८:३८
आज मध्यबिन्दु एफ एमको बृहत् तीज गीत प्रतियोगिता हुँदै

कावासोती : हरितालिका तीजको अबसरमा रेडियो मध्यविन्दु एफ एम १०१ मेगाहर्जले यहि भाद्र १० गते अर्थात आज तिजको दिनमा बृहद् खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ ।
कावासोती २ बिपि चोक नजिकै बिपि स्वास्थ्य प्रतिष्ठनको प्राङणमा हुने सो प्रतियोगितामा प्रथम हुनेले नगद ९ हजार ९ सय ९९ , द्वितीय हुनेले ७ हजार ७ सय ७७ र , तृतिय हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यसै गरि प्रतियोगितामा सहभागी समूह मध्य कुनै एक समुहले गोलाप्रथाद्वारा नगद रु ३ हजार प्राप्त गर्ने रेडियो संचालक समितिका अध्यक्ष यमकला वस्यालले जानकारी दिनुभयो ।

पर्व परम्परा र रितिरिवाज को संरक्षण गर्ने उदेश्यले रेडियोले हरेक बर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्दे आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने वस्यालले बताउनुभयो । आजको कार्यक्रममा नवलपुर क्षेत्र नम्बर १ का सांसद प्राध्यापक डाक्टर शंशाक कोईराला प्रमुख अतिथि रहेको वस्यालले बताउनु भयो ।

IMG 20250825 WA0002

सामुदायिक रेडियो हुनुको नाताले हरेक चाड पर्व संगै यसको संरक्षण र प्रबर्द्धनमा रेडियोले विभिन्न कार्यक्रम संचालन गर्ने क्रममा तीज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको रेडियो संचालक समितिका महासचिब आशिष् रेग्मीले बताउनु भयो । उहाँले प्रतियोगीतामा सक्रिय सहभागिता जनाउन सबै संग आग्रह गर्नु भयो ।

प्रतियोगितालाई सफल बनाउन नवलपुर जिल्लाका विभिन्न स्थानीय तह र ब्यापारिक संघ सस्थाले सहकार्य गरेको भन्दै अध्यक्ष बस्यालले कार्यक्रममा सहकार्यका लागि विभिन्न संघ सस्था संग आग्रह पनि गर्नु भयो ।

बि.स. २०६५ सालमा स्थापित सामुदायिक रेडियो मध्यबिन्दु एफ एम १०१ मेगाहर्ज ले निरन्तर रुपमा चाडपर्बमा सस्कृती संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । आफ्नो ईतिहासको शाख जोगाउने किसिमले आयोजना गर्न लागिएको सो कार्यक्रमको सहयोगी संघ सस्थाहरु थपिने क्रम जारी रहेको रेडियोले जनाएको छ । रेडियो व्यवस्थापनले तीजलाई तडकभडकपुर्ण तवरले नभई परम्परा र रितिरिवाज अनुसार मनाउन पनि सबै संग आग्रह गरेको छ ।

प्रकाशित : २०८२ भदौ १० गते ८:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI