कावासोती । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी आज रहेको छ । यस दिन मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे रहेको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने हुन्छ ।
विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजेको साइत दिइएको समितिले जनाएको छ ।
प्रकाशित : २०८२ असोज १६ गते ८:११
Facebook Comment