हत्या भएकाे एघार महिनामा तिलमायाकाे शव घर आइपुग्याे

NAWALPUR TIMES

हत्या भएकाे एघार महिनामा तिलमायाकाे शव घर आइपुग्याे

कावासोती । वैदेशिक  राेजगारीका क्रममा  मलेसियामा हत्या गरिएकी तिलमाया सार्कीकाे शव घर आइपुगेकाे छ ।

अघिल्लो हप्ता आउने भनिएकाे सार्कीको शव सिधा उडानकाे जहाज तालिका नमिल्दा साेमबार फ्लाईट नम्बर  एम एच १७० बाट अपरान्ह  काठमाडौं उत्रिएकाे हाे । मृतक तिलमायाकाे शव श्रद्धाञ्जली दिनका लागि घर ल्याइएकाे दिदी मिनमाया सार्कीले बताईन् ।

नवलपरासी पूर्वकाे कावासाेती ४ हसाैराकी २६ वर्षीय तिलमाया करिव २ वर्ष अघि आफ्नी सानी छाेरीलाई आमा र दिदीकाे जिम्मा लगाएर राेजगारिका लागि मलेसिया गएकी थिईन् । बिदेशमा पाकिस्तानी नागरिकले आफ्नी छाेरीकाे हत्या गरेकाे र शव मलेसियाकै एक अस्पतालमा रहेकाे खबर पाए देखि मृतक तिलमायाकी आमा धनमायाकाे अझ सम्म आँखा ओभानो छैन् ।

बहिनीकाे मलेसियामा हत्या भएकाे थाहा पाउने बित्तिकै आफू,बृद्धआमा धनमाया र नावालिक भतिजी अनितालाई लिएर तिलमायाकाे शव नेपाल झिकाउन झण्डै ११ महिना स्थानीय वडा देखि सर्वत्र धाउनु परेकाे दिदी मिनमायाले बताईन् ।

IMG 20250317 WA0001

मलेसियाबाट बहिनीकाे हत्या भएकाे खबर आयाे, गत बैशाख २६ गते सम्म फाेनमा बाेलचाल भएकी तिलमायाकाे हत्या खवरले सम्पूर्ण घरपरिवारमा एक्कासी बज्र परेझै भएकाे दिदी मिनमायाले सुनाईन् । उनले भनिन् जेनतेन सम्हालिदै बहिनीकाे शव झिकाउन जिल्ला सदरमुकाम स्थित सुरक्षित आप्रबासन कार्यक्रम (सामी ) पुगेर घटनाबारे सबै जानकारी टिपायाैं ।

स्थानीय नगरपालिका माताहतकाे सामी कार्यक्रम परामर्शदाता रन्जना लम्साल यतिका समय शव नआउदा पीडित पक्षले पाउने राहत तथा बिमा दाबीमा समस्या हुने कुराले निकै सताएकाे बताउँछिन् । अघिल्लो हप्तानै तिलमायाकाे शव नेपाल आउने पक्कापक्की भए पछि यस कार्यमा सहयाेग गर्नुनुहुने सबैलाई धन्यवाद दिदै लम्सालले भनिन् अब पीडित परिवालाई मृतककाे अन्तेष्ठी गर्न तथा राहत एवं क्षतिकाे निवेदन दिन सहज हुने छ ।

तिलमाया नेपाल स्थित मेनपावर कम्पनी राज ओभरसिज प्रालि मार्फत राेजगारदाता कम्पनी साईन इट्सु पाेलिमर मलेसिया पुगेकाे र हत्या हुनु अघि त्यहीँ उत्पादन मजदुरका रूपमा कार्यरत रहेकाे सामिले प्राप्त गरेकाे विवरणमा उल्लेख छ ।
बताईए अनुसार तिलमायासंगै मलेसियामा अर्का एक नेपाली युवककाे पनि हत्या भएकाे र हत्या अभियाेगमा पक्राउ परेका पाकिस्तानी नागरिक माथि मुद्दा चलेकाेले शव आउनमा ढिलाई भएकाे सूचना वैदेशिक राेजगार बाेर्डले जानकारी दिएकाे थियाे ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology