बस्तीमा पसेको बाघ २३ घण्टा पछि नियन्त्रणमा

NAWALPUR TIMES

बस्तीमा पसेको बाघ २३ घण्टा पछि नियन्त्रणमा

कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्ती पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। आइतबार साँझ ७ बजे बस्तीमा पसेको बाघलाई सोमबार दिउँसो ४ः३० बजेतिर नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगर झाडीमा देखिएको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ।

निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको जिम्मा लगाइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology