गैंडाकोटमा तीन वटा सवारी एक आपसमा ठक्कर खाँदा तीन जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८२ वैशाख १५ गते २१:५८
गैंडाकोटमा तीन वटा सवारी एक आपसमा ठक्कर खाँदा तीन जना घाइते

कावासोती । गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा सोमबार राति तीन वटा सवारी एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गमा गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ७४३९ नम्बरको लहरीले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२८ च ९०२१ नम्बरको पिकअप र बा १३ च ४५५० नम्बरको भ्यानलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा पिकअप चालक विशाल गुरुङ, सहचालक कमल सिग्देल र भ्यान चालक सन्तोष थापा मगर रहेका छन् ।

घाइतेको नगर अस्पाताल भेँडाबारीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण नखुलेको र घटनामा संलग्न सवारी र मानिस प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ वैशाख १५ गते २१:५८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI