मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते, एकको अवस्था गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०८२ कार्तिक ८ गते ८:५४
मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते, एकको अवस्था गम्भीर
1607317403.bike accident

कावासोती । नवलपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बाइकमा सवार तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ ।

मध्यविन्दु नगरपालिका-१२ ज्वाईथरस्थित भित्री सडक खण्डमा अरुणखोलाबाट भु.पु. तर्फ जाँदै गरेको ग.प्र.०४-००२ प १२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा मध्यविन्दु-१२ का मोटरसाइकल चालक १८ वर्षीय आर्यन सेन ठकुरी, पछाडी बस्ने सोही ठाउँका शिव आले र २१ वर्षीय रोशन गुरुङ घाइते भएका छन् ।

घाइतेमध्ये मोटरसाइकल चालक ठकुरीको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिए । ठकुरीको मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा उपचार हुन नसकेपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको नेपालले जानकारी दिए । अन्य घाइतेको भने  उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रकाशित : २०८२ कार्तिक ८ गते ८:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI