विराम नलागेको गगनको विद्रोह

विराम नलागेको गगनको विद्रोह

नेपाली राजनीतिका लागी गगन थापा नाम मात्रै नभएर एउटा ब्रान्ड भएको विषय कसैले चाहेर पनि ओझेलमा पार्न सक्दैन । विद्यार्थी राजनीतिबाट खारिएर राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेका गगन थापा भदौ २३ र२४ को जेनजी आन्दोलन पछि आम नेपालीले आस गरेका त्यस्तो पात्र हुन जसको वरिपरि अहिले सिंङ्गो राष्ट्रिय राजनीति घुमेको छ ।

समकालिन राजनीतिमा गगन थापा त्यो पात्र हुन जसले समस्या मात्र देखाउँदैनन्, समाधानका खाका पनि प्रस्तुत गर्छन् । विद्यार्थी राजनीति देखि गणतन्त्रको स्थापना, संविधान जारी देखि कांग्रेसको केन्द्रीय महामन्त्रीको हैसियतमा नेपाली राजनीतिको केन्द्रमा पुग्दै गर्दा गगन थापा नेपाली राजनीतिमा एउटा बलियो विद्रोही स्वरमात्रै बनेन, विकल्प र समाधानका खाका समेत बोकेर राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको कुरामा दुई मत रहेन ।

राजधानीको मुटुमा रहेको त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढदै गर्दा राजनीतिमा होमिएका थापाको राजनीतिक जीवन सधै विद्रोहको वरीपरि घुमिरहयो । २०५१ मा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, २०५३ मा स्वतन्त्र विद्यार्थी युनियनको सभापति, २०५७ मा नेपाल विद्यार्थी संघको उपाध्यक्ष र २०५९ मा नेपाल विद्यार्थी संघको महामन्त्री निर्वातिच हुदैँ गर्दा गगन एक विद्रोही स्वर मात्रै भएनन पार्टीको संस्थापन र सिङ्गो राज्य संयन्त्रका लागी ठुलो चुनौतीका रुपमा थापा स्थापित भएका थिए ।

तत्कालिन समयमा राजा ज्ञानेन्द्रले राज्यसत्ता हातमा लिए पछि सुरु भएको आन्दोलनमा गणतन्त्रको नारा लगाएर सडकमा आउँदा थापा सहित नेविसंघका तात्कालिन अध्यक्ष गुरुराज घिमिरे लगाएतका नेता कायकर्ता पक्राउ मात्रै परेनन, उनीहरु विरुद्ध राज्य द्रोहको मुद्धा समेत लागेको थियो । माउँ पाटी नेपाली कांग्रेस ज्ञानेन्द्रले सत्ता हातमा लिए पछि अलमलमै रहेका बेला थापाले गणतन्त्रको पक्षमा आवाज बलियो बनाउदैँ गएका थिए । माउ पाटीले गणतन्त्रको पक्षमा निर्णय नगरेको बेला मात्रै नभएर राजा ज्ञानेन्द्रलसत्ता हातमा लिएको बेला गणतन्त्रको पक्षमा बोलेको दुई दिनपछि राजद्रोहकै आरोपमा उनी पक्राउ परेका थिए ।

थापाले सडकमा गणतन्त्रको नारा लगाउँदै गर्दा त्यो समयका नेपाली राजनीतिका केन्द्र, कांग्रेस सभापति गिरिजा प्रसाद कोईरालाले गणतन्त्रको नारा लगाएकै भरमा उनलाई दरबारको एजेन्ट भनेर सार्वजनिक रुपमा आरोप मात्रै लगाएनन, गगन नेविसंघको सभापति निर्वाचित हुने देखे पछि नेविसंघको पोखरामा भएको महाधिवेशन नै स्थगित गरिदिए ।

उनै विद्राही स्वाभावका थापाले उठाएको गणतन्त्रको पक्षमा नेपाली कांग्रेसले २०६२ को भदौमा सम्पन्न महाधिवेशनबाट निर्णय गर्दै संवैधानकि राजतन्त्रबाट गणतन्त्रको बाटो तय ग¥यो । थापाले सडक बाट उठाएको गणतन्त्रको मुद्धा नेपाली कांग्रेसको महाधिवेशनले अनुमोदन गरे पछि देशमा २०६२/०६३ को जनआन्दोलनले राजतन्त्रलाई सधैका लागी बिदा मात्रै गरेको घटनाले गगनको गणतन्त्रको पक्षमा गरेको विद्रोहलाई अनुमोदन मात्रै गरेनन, उनै विद्रोही स्वाभावका थापालाई राष्ट्रिय राजनीतिको केन्द्रमा पु¥याएको थियो । गणतन्त्रको मुद्दाले गगनलाई राष्ट्रिय राजनीतिको केन्द्रमामात्रै पु¥याएन, जनताको आवाज बोल्ने, जटिल विषय पनि सामान्य मानिसले बुझ्ने गरी विकलप प्रस्तुत गर्न सक्ने विद्रोही नेताका रुपमा थापालाई स्थापित गरायो ।

असोज २०६७ मा भएको १२ औं महाधिवेशनबाट थापा पार्टीको केन्द्रीय सदस्य, २०७२ मा भएको १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार र मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचत भएका थापालाई आफ्नो विद्राही स्वाभावलाई कायम राख्दै नेपाली काँग्रेसलाई परिर्वतका पक्षमा लैजान ठुला चुनौती मात्रै छैनन, सायद जो कहीले विरलै प्राप्त गर्ने अवसर पनि रहेको छ ।

यसै बीच देशको ठुलो पाटी कांग्रेस भने विशेष महाधिवेशन गर्ने कि नियमित, महाधिवेशन प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि भन्ने विवादमै अल्झिरहेको छ । संस्थापन पक्षले नियमित महाधिवेशनका लागि यसअघि निर्धारित २७–२९ पुसको कार्यतालिका संशोधन गरी २८–३१ वैशाख २०८३ मा महाधिवेशन गर्ने प्रस्ताव ल्याएर केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गराइसकेको छ ।

महामन्त्रीद्वय थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्र्मा भने २७–२८ पुसमा विशेष महाधिवेशन आह्वान गरेका छन । जेन–जी आन्दोलनको मर्मलाई समेत ख्याल गर्दै पार्टी नेतृत्व र नीति बदलेर मात्र निर्वाचनमा जानुपर्ने पक्षमा रहेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको बलियो साथ रहेको छ । १४ औं महाधिवेशनमा एउटै समूह बनाएर चुनाव लडेका शेखर कोइराला समेत देउवाकै नेतृत्वमा निर्वाचनमा जान तयार देखिएको यो समयमा गगनको विद्रोहलाई बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुको साथ रहेको देखिएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रसको विधान अनुसार ४० प्रतिशत महाधिवेशनले हस्ताक्षर गरेर माग गरेको अवस्थामा विशेष महाधिवेशन बाध्यकारी हुने भएकाले विशेष महाधिवेशन कसैले राकेर नरोकिने बताईरहदाँ आम काँग्रस जन मात्रै नभएर सिंङ्गो राष्ट्रिय राजनीतिले गगनले परिवर्तको पक्षमा सुरु गरेको विद्रोहलाई नजिक बाट नियालिरहेको छ । महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउँदै गर्दा पार्टी नै विभाजन हुने जोखिम रहने संस्थापनका नेताहरुले आरोप लगाईरहदाँ पार्टी कुनै पनि हालतमा विभाजित नहुने र यसले पार्टीलाई झनै बलियो बनाउने बताउदैँ आएका छन ।

आशा र भरोसा बोकेका पुस्तान्तरण र परिवर्तनको बहावका रुपमा पहिचान बनाएका गगन वैकिल्पक शक्ति र पार्टीभित्रकै शक्तिको हमलाले घेरिएको बेला उनको यो कदमलाई कांग्रेसलाई माया गर्ने ठूलो जमातले समर्थन गरिरहेको छ । थापा र शर्माहरुको काँधमा यो कदम जोखिमनै भए पनि ऐतिहासिक विद्रोहलाई गन्तव्यमा पु¥याउनु पर्ने जिम्मेवारी रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology