चोरमारामा नयाँ पुल तत्काल नबन्ने, पुरानो पुललाई टेको लगाएर मर्मत गरिदैँ

NAWALPUR TIMES

चोरमारामा नयाँ पुल तत्काल नबन्ने, पुरानो पुललाई टेको लगाएर मर्मत गरिदैँ

कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको भाचिएको पुल तत्कालका लागि टेको लगाएर मर्मत सुरु गरिएको छ । नयाँ पुल बनाउन समय लाग्ने भएपछि तत्कालका लागि टेको लगाएर मर्मत गर्ने र मर्मत पछि पुरानै पुलबाट यातायात सञ्चालनको तयारी गरिएको हो ।

वर्षाअघि नयाँ पुल नबन्ने भएपछि पुरानैलाई मर्मत गरेर सञ्चालन गर्न लागिएको हो । अवको १५ दिन भित्रमा पुललाई सञ्चालनमा ल्याउने तयारीका साथ मर्मतको काम भइरहेको सडक आयोजनाले जनाएको छ ।

पुलको भाचिएको भागलाई तलबाट टेको लगाएर उठाउने र पहिलेको अवस्थामा आएपछि भाचिएको फलामका पाता फेरेर पुल सन्चालन गरिने सडक डिभिजन चितवनका इन्जिनियर आषिश नेपालले जानकारी दिए ।

FB IMG 1748259368895 edit 627053020944374

‘‘नयाँ पुल बन्नका लागि अझै तीन चार महिना लाग्ने देखियो, त्यसैले हाललाई पुरानै ममर्त गरेर सञ्चालन गर्नु पर्ने बाध्यता भयो,’’ इन्जिनियर नेपालले भने, ‘‘पुरानो मर्मत गरिरहँदा त्यति बलियो त हुँदैन, त्यसैले नयाँलाई नै प्राथमिकता दिनुपर्छ ।’’

पुललाई मर्मत गरेर सन्चालन गर्नका लागि सडक विभागले जलप कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । मंसिर २९ गते पुलमा म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जादै गरेको टेलर हिँड्दै गर्दा पुल भाचिएको थियो ।

झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो । हाल पुल भाचिएपछि सवारी साधन आवागमनमा रोक लगाइएको छ । पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्व जाने सवारी साधन लामो डाईभर्सनबाट पास हुने गरेका छन् ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल पनि भाँचिएको थियो । यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएपछि मर्मत गर्दै सञ्चालन गरिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology