कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका– १ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि त्यहाँबाट गाडी सन्चालन हुन सकेका छैनन् ।
डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारीसाधन रोकिएको नवलपुर प्रहरीले जनाएको छ ।
केही दिन अघि आएको बाढीले पनि विनयी त्रिवेणी खोलामा डाइभर्सन बगाएको थियो । लामो समयदेखि यो सडकमा यात्रुले सास्ती भोग्दै आएका छन् ।
प्रकाशित : २०८२ असार ३ गते ८:२२
Facebook Comment