विनयी खोलाको बाढीले डाइभर्सन बगायो, बुटवल-नारायणगढ सडक अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ २४ गते १८:००
विनयी खोलाको बाढीले डाइभर्सन बगायो, बुटवल-नारायणगढ सडक अवरुद्ध

कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका– १ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।​

विनयी खोलामा शुक्रबार दिउँसो चार बजेतिर एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, दुम्कीबासले जनाएको छ ।​

डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारीसाधन रोकिएको इलाका  प्रहरी  कार्यालय  दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाले जानकारी दिए ।

केही दिन अघि आएको बाढीले पनि विनयी त्रिवेणी खोलामा डाइभर्सन बगाएको थियो । लामो समयदेखि यो सडकमा यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित : २०८२ जेठ २४ गते १८:००
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI