स्थापना दिवसमा पत्रकार महासंघ नवलपुर द्वारा फलफूल तथा खाद्य सामाग्री वितरण

NAWALPUR TIMES

स्थापना दिवसमा पत्रकार महासंघ नवलपुर द्वारा फलफूल तथा खाद्य सामाग्री वितरण

कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले छैटौं स्थापना दिवसको अवसरमा फलफूल तथा खाद्य सामाग्री वितरण गरेको छ ।

आईतबार जिल्ला शाखाको छैटौं स्थापना दिवसको अवसरमा कावासोती-१२ पिठौलीमा रहेको लक्ष्मी नारायण मन्दिर तथा वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई फलफूल तथा खाद्य सामाग्री वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केबी रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुर शाखाका संस्थापक अध्यक्ष एवं सल्लाहकार होमराज रानाभाट, गण्डकी प्रदेश सचिब भविश्वर पाण्डे, कोषाध्यक्ष रमेश बस्ताकोटी, गण्डकी प्रदेश पत्रकार महासंघका संस्थापक कोषाध्यक्ष दिपक भट्टराई, जिल्ला सल्लाहकार घनश्याम बगाले, जिल्ला स्थित पत्रकार सम्बद्ध संघ संगठनका नेतृत्व एवं प्रतिनिधि सहित जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

लक्ष्मीनारायण मन्दिर तथा वृद्धाश्रमका अध्यक्ष तिर्थशरण भण्डारीलाई महासंघका तर्फबाट फलफूल तथा खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

शाखा उपाध्यक्ष सालिक राम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष धनु भुसाल तथा कार्यक्रम संचालन सचिव आशिष रेग्मीले गरेका थिए ।

 

श्रद्धाञ्जली सभा सम्पन्न

यसै बिच आईतबारनै नेपाल पत्रकार महासंघ नवलपुर शाखा अध्यक्ष श्रीराम सिग्देलको निवास पुगेर महासंघले श्रद्धाञ्जली सभा समेत सम्पन्न गरेको छ ।

Messenger creation D027FACD 484E 4044 BE0C 0F6CF6A0F5E2

जिल्ला अध्यक्ष सिग्देलका पिता केशवप्रसाद सिग्देलको फागुन १२ गते दु:खद निधन भएको थियो । जिल्ला कार्यसमिति सहित जिल्लाका पत्रकारहरुको टोलिले सिग्देल निवास पुगेर अध्यक्ष सिग्देल सहित परिवारजनलाई समवेदना व्यक्त गर्दै स्वर्गीय केशवप्रसाद सिग्देल प्रती श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology