कावासोती । मध्यविन्दु नगरपालिकाको कार्यपालिका बैठकले फागुन २२ देखि २४ गते सम्म आयोजना गरिएको प्रथम मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना हुने स्थल परिवर्तन गरेको छ ।
मध्यविन्दु नगरपालिकाका प्रवक्ता रणबहादुर थापा क्षेत्रीले आईतबार बसेको कार्यपालिका बैठकले महोत्सव आयोजना स्थल परिवर्तन गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले फागुन २२ गते देखि सुरु हुने महोत्सव नवजागरण माध्यमिक विद्यालयको पुरानो भवन भएको ठाउँमा आयोजना गर्ने निर्णय गरेको थापाले जानकारी दिए । परिवर्तन गरिएको महोत्सव आयोजना गर्ने स्थल विद्यालयको रंगशाला भन्दा करिब ५०० मिटर पर रहेको छ ।
यस अघि महोत्सव नवजागरण नमुना माध्यमिक विद्यालयको रंगशालामा आयोजना गर्ने तय गरिएको थियो । महोत्सवका कारण परीक्षा नजिक आएको समयमा विद्यालयको पठनपाठनमा समस्या समस्या हुने भन्दै महोत्सव स्थल सार्न विद्यालयले नगरपालिकाको ध्यानाकर्षण गराएको थियो भने सामाजिक संजालमा महोत्सव आयोजनाको पक्ष र विपक्षमा आरोप प्रत्यारोप चलेको थियो ।
प्रकाशित : २०८१ फागुन १८ गते १३:५२
Facebook Comment