आगामी एक वर्षमा भौतिक प्रगति ९० प्रतिशत पुर्‍याउने सर्तमा ठेक्काको म्याद एक वर्ष थपिदैं

NAWALPUR TIMES

आगामी एक वर्षमा भौतिक प्रगति ९० प्रतिशत पुर्‍याउने सर्तमा ठेक्काको म्याद एक वर्ष थपिदैं

कावासोती । नारायणघाट बुटवल सडक बिस्तारको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले आगामी एक वर्ष भित्र सडक बिस्तारको काम ९० प्रतिशत सम्पन्न गर्ने प्रतिबद्धता जनाए पछि ठेक्काको म्याद थप एक वर्ष थप गर्ने तयारी सडक विभागले गरेको छ ।

सडक विभागका आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा ९० प्रतिशत काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको बताए ।

निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँगको छलफलमा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरिएको ढकालले ब्ताए । “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ,” ढकालले भने ।

आयोजनाको तेस्रो पटक थपिएको म्याद यहि साउन ८ गते सकिदै छ । तेस्रो पटक थपिएको म्याद सकिदा सम्म आयोजनाको भौतिक प्रगति ६९.३ प्रतिशत रहेको ईन्जिनियर ढकाल बताउछन ।

निर्माण कम्पनीले एक सय १३ किलोमिटर सडक निर्माणको काम सजिलो होस भनेर दुई खण्डमा बाँडेर काम गरिरहेको छ ।

एक सय १३ किलोमिटर सडक मध्ये असार मसान्त सम्म एकतर्फी एक सय किलोमिटर सडक कालोपत्रे भएको छ भने दुवै तर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम बर्दघाटतर्फ ३ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । बुटवल नारायणगढ सडक अन्तरगत पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्कीवास बीचमा पर्ने ११ किलोमिटर दाउन्ने सडकको अवस्था भने अझै पनि बिजोग छ । सामान्य वर्षात् हुनासाथ त्यहाँ घण्टौँ जाम हुने अवस्था उस्तै छ ।

दाउन्नेमा आउँदो दसैँ अघि नै राजमार्ग कालोपत्रे भइसक्ने गरी काम हुने आयोजना निर्देशक ढकालले दावी गरे । पूर्वी पश्चिम नवलपरासी र रुपन्देहीको बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भइरहेको बुटवल-नारायणगढ सडक निर्माणको काम १७ अर्बमा चिनियाँ ठेकेदारले ठेक्का लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology