कावासोती । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा केन्द्रले गरेको कार्यविभाजनप्रति असन्तुष्टि थप चर्किएको छ ।
अनेरास्ववियु केन्द्रको निर्णयप्रति असन्तुष्ट गण्डकीका नेताहरुले छुट्टै भेला नै गरेका छन् । भेलाको नेतृत्व प्रदेश सचिव सुरज सापकोटाले गरेका थिए । दावी अनुसार ११ जिल्ला अध्यक्ष मध्ये ८ जना यो भेलामा सामेल छन् ।

२४औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका सुजन कडरियाले गरेको कार्य विभाजनप्रति केन्द्रीय पदाधिकारीहरुले समेत सार्वजनिक असन्तुष्टि जनाएका छन् । कडरियाले आफू पक्षलाई प्राथमिकता दिने, इतर समूहलाई पेल्नेगरी कार्य विभाजन गरेको असन्तुष्ट पक्षले बताउँदै आएका छन् ।
आफू निकटलाई रोजेको जिम्मेवारी दिनेदेखि तल्लो तहको नेतृत्व समेत सर्कुलरबाटै टुंग्याएको कडरियामाथि आरोप छ ।
प्रकाशित : २०८२ साउन २६ गते ८:४४
Facebook Comment