कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन घटे सँगै पर्यापर्यटनको राजस्वमा कमि आएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन घटे सँगै पर्यापर्यटनको राजस्वमा कमि आएको छ । आर्थिक वर्ष २०८०/८१ मा मा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेकामा आर्थिक वर्ष २०८१/८२ मा नेपाली, सार्क मुलुक र अन्य विदेशी मुलुकका गरेर २ लाख ३१ हजार ६ सय २९ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले एक वर्षको अवधिमा निकुञ्ज भित्रिएका २ लाख बढी पर्यटकबाट २६ करोड ८१ लाख ६१ हजार ९ सय रुपैयाँ राजस्व संकलन गरिएकोे जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा १ लाख १७ हजार २ सय ६ नेपाली, सार्क मुलुकका २४ हजार ८ सय ७१ र ८९ हजार ३२३ अन्य विदेशी मुलुकका पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन ।
गत आव ८१/८२ मा अघिल्लो आव ८०/८१ को तुलनामा पर्यटकको आगमन घटेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन घटेसँगै राजस्वमा समेत कमि भएको हो । अघिल्लो आ.व निकुञ्ज भित्रिएका तीन लाख बढी पर्यटकबाट ३० करोड ५७ लाख १८ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएकोे थियो । आ.व ०८१ /८२ मा पर्यटकको संख्यामा कमि आए सँगै पर्यापर्यटनबाट आउने राजस्व समेत घटेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आ.व आव ८०/८१ मा भन्दा आ.व ८१/८२ मा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या ७५ हजार ५ सय ८ ले घटेको हो ।
पर्या पर्यटनबाट निकुञ्जले आव ०७९/८० मा राजस्व रकम रु २२ करोड ९४ लाख रहेको थियो । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज घुम्न आउदाँ रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।
यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक घुम्न आउदाँ रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६/७७ मा रु १९ करोड ९२ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो ।
निकुञ्ज स्थापनासँगै आर्थिक वर्ष २०३१/३२ देखि पर्यटकको तथ्यांक राख्न थालिएको हो । सो आर्थिक वर्षमा आठ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्यांक छ । सो आर्थिक वर्षमा एक लाख ४० हजार राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०३२/३३ मा दुई हजार दुई सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा दुई लाख एक हजार राजस्व संकलन भएको थियो ।
प्रकाशित : २०८२ साउन ९ गते १८:१७
Facebook Comment