प्राकृतिक चिकित्सालायमा आगामी वर्ष देखि शिक्षण अस्पताल सन्चालन हुँदै

प्राकृतिक चिकित्सालायमा आगामी वर्ष देखि शिक्षण अस्पताल सन्चालन हुँदै

कावासोती । नवलपुरको देवचुलीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा आगामी वर्ष देखि प्राकृतिक चिकित्सा विज्ञान अध्ययन गराउने शिक्षण अस्पताल सन्चालनमा आउने भएको छ ।

पोखरा विश्वविद्यालयको सम्बन्धन लिएर आगामी वर्ष देखि चिकित्सालयमा शिक्षण अस्पतालको सन्चालनको तयारीलाई अगाडी बढाईएको चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार आगामी शैक्षिकसत्र देखि पोखरा विश्वविद्यालयको संयुक्त आगिंक क्याम्पसको रुपमा रहने गरि शिक्षण अस्पताल सन्चालनको तयारी अगाडी बढाईएको हो ।

चिकित्सा शिक्षा आयोगको सिफारिसमा २०८२ को जेठ २८ गते नेपाल सरकारले राजपत्रमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बिएनवाइस) को कक्षा नेपालमा सञ्चालन गर्न पाउने सूचना प्रकाशित गरेको थियो । नेपालमा बिएनवाइसको कक्षा सन्चालन गर्न पाउने व्यवस्था भएपछि चिकित्सालयले शिक्षण अस्पताल सन्चालनको कार्यलाई तिब्रता दिएको अस्पतालका अध्यक्ष प्रदिपराज घिमिरेले जानकारी दिए ।
चिकित्सालयले आवश्यक तयारी गरेको र विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसमेत सकारात्मक भएकाले आगामी वर्षबाट  सो कक्षा सञ्चालन हुने घिमिरे बताउछन्। “नेपालबाट बर्सेनि हजारौँ विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययन गर्न भारत जाने गर्छन्, यहाँ शिक्षण अस्पताल सुरु भयो भने प्राकृतिक चिकित्सासम्बन्धी प्राज्ञिक जनशक्ति उत्पादन देशभित्रै हुने र पैसा बाहिर जान रोकिन्छ”, घिमिरेले भने ।

नेपालमा अहिलेसम्म प्राकृतिक चिकित्सा विज्ञानको अध्यापन नभएकाले आफूहरुले शिक्षण अस्पताल सञ्चालन गर्न लागेको महाप्रबन्धक सापकोटा बताउछन् । उनका अनुसार शिक्षण अस्पतालका लागि आवश्यक फरक फरक १४ विभाग बनाउनेदेखि लिएर छात्रावासलगायतका भौतिक संरचनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालले चर्चेको १० बिघा जमिन अस्पतालको नाममा नेपाल सरकारले भोगाधिकार दिइसकेको र आसपासका थप सार्वजनिक जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको छ ।

अस्पतालमा आगमाी असार देखि आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने गरेर निमार्णको काम लाई तीब्रता दिईको महाप्रबन्धक सापकोटाले बताए । राष्ट्रिय योजना आयोगले विशेष अनुदानमार्फत १२ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको बजेटबाट अहिले अस्पताल भवन तथा शिक्षण अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शिक्षण अस्पताल लागि चिकित्सालयले प्राध्यापक देविभक्त ढकाललाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकेको छ ।

कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रुपमा यस चिकित्सालयले ख्याति कमाएको थियो । प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा  उपचार सेवा लिन आउनेको सङ्ख्या यहाँ हरेक दिन बढ्ने गरेको अस्पतालका महाप्रबन्धक सापकोटा बताउछन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology