चैत ५ मा निर्वाचन हुनुपर्नेमा नवलपुरका विद्यार्थी संगठनको एकै मत, पब्लिक क्याम्पस संघ छ्लफलमा

NAWALPUR TIMES

चैत ५ मा निर्वाचन हुनुपर्नेमा नवलपुरका विद्यार्थी संगठनको एकै मत, पब्लिक क्याम्पस संघ छ्लफलमा

 कावासोती । नवलपुरमा अवरुद्ध भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ मा नै हुनु पर्नेमा नवलपुरका विद्यार्थी संगठनहरु एक मत भएका छ्न ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुको जिल्ला नेतृत्वले विज्ञप्ति जारी गर्दै चैत ५ गतेनै स्ववियु निर्वाचन गर्न पब्लिक क्याम्पस संघसँग माग गरेका छ्न । विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्तिमा जिल्लाका क्याम्पसहरुले पब्लिक क्याम्पसहरुले विद्यार्थी संगठन सँग छलफलनै नगरी एकलौटी रुपमा निर्वाचन स्थगित गरिएको प्रती खेद प्रकट गरिएको छ भने निर्वाचनलाई शान्ति पुर्ण र भयरहित बनाउनका लागि विद्यार्थी संगठनहरुले क्याम्पसमा गरेको तालाबन्दी, रिले अनशन लगाएतका आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने विषयमा संघ संगठनहरुले प्रतिबद्धता व्यक्त समेत गरेका छ्न ।

Untitled

नेविसंघ जिल्ला अध्यक्ष हरि सुवेदी, अनेरास्ववियु जिल्ला अध्यक्ष सौगात भुसाल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष आयुष ढकाल र अनेरास्ववियु जिल्ला अध्यक्ष विशाल थापा द्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनका लागि विद्यार्थी संगठनहरु तयार रहेको र त्यसका लागि आवश्यक प्रक्रिया सुरु गर्न पब्लिक क्याम्पस संघलाई आग्रह गरिएको हो ।

यसै बिच चैत ५ गते नै या त्यसपछि निर्वाचन गर्न कानुनी अडचन रहेकाले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण महाशाखा सँग छलफल गरेपछी मात्रै आधिकारिक रुपमा निर्वाचन प्रक्रियाको विषयमा धारणा सार्वजनिक गर्ने पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरु सुवेदीले बताए । “विद्यार्थी संगठनहरुको सहमति भएको रहेछ, त्रिवि सँग छलफल गर्छौ”, सुवेदीले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology