गैडाकोटमा दुर्घटना, दुई जनाको घटना स्थलमै मृत्यु

दीपक भट्टराई
प्रकाशित : २०८२ साउन २५ गते २०:३०
गैडाकोटमा दुर्घटना, दुई जनाको घटना स्थलमै मृत्यु

कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका–१० सिस्नेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ भएको सवारी दुर्घटनामा ट्रक चालकसहित दुई जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिएको हो। ट्रक पल्टिँदा स्कुटरमा सवार व्यक्ति र ट्रक चालक दुवैजनालाई च्यापिएको अवस्थामा फेला पारिएको थियो।

घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरीकार्यलयका निरिक्षक सुदिप भण्डारीको कमाण्डमा १० जना र जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी  मधु नेपालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो।

स्कुटरको डिक्कीमा फेला परेको बिलबुकका आधारमा मृतक स्कुटर चालक नवलपुर कावासोती  नगरपालिका–३ का ५२ वर्षीय दल बहादुर सुनार ‘बि.क.’ भएको खुलेको छ। यस्तै, ट्रकमा फेला परेको चालक अनुमतिपत्र (लाईसेन्स) अनुसार मृत चालक जिल्ला बारा परवानीपुर गाउँपालिका–१ का ३५ वर्षीय रिजवान मियाँ भएको पाइएको जिल्ला प्रहरी कार्यलय नवलपरासी पुर्बका डि एस पि मधु नेपालले बताए ।

प्रहरीका अनुसार दुवै मृतकको औपचारिक सनाखतका प्रक्रिया जारी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : २०८२ साउन २५ गते २०:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI