कावासोती । नवलपुरको गैंडाकोट नगरपालिकामा घरेलु विवादका कारण आगजनी भएको छ। गएराति गैंडाकोट नगरपालिका–४ इटाभट्टा बस्ने ७५ वर्षीय टोप बहादुर थापा र उनका ४१ वर्षीय छोरा नारायण थापाबीच घरेलु विवादका क्रममा झै–झगडा भएको थियो।
झगडाकै क्रममा छोरा नारायण थापाले आफ्नै घरअगाडि पार्किङ गरी राखिएको प्रदेश २–०३–००१ त ३१९३ नम्बरको ट्र्याक्टर र घरपछाडि रहेको लु २८ प ७०३० नम्बरको मोटरसाइकलमा आगो लगाई फरार भएका छन
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीमा संलग्न फरार व्यक्ति नारायण थापाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comment