कहिले बुल,कहिले बियर : सेयरबजार

सुन्दर तिवारी
प्रकाशित : २०८२ जेठ ६ गते १४:४६
कहिले बुल,कहिले बियर : सेयरबजार

सेयर बजारको धर्म नै हो वुलिस र वियरिस टे«न्डमा नाँचिरहने । तर एउटा तितो सत्य के हो भने लगानीकर्ताहरु वुलिस ट्रेन्डमा नै रमाउने गर्छन् ।तर यथार्थ भने त्यो होईन् जुन लगानीकर्ता आपूmलाई असल लगानीर्ताको रुपमा मान्छन् उनीहरुले वुलिस भन्दा वियरिस ट्रेन्डमा अवसर देख्छन् र त्यसै अवसरलाई सदुपयोग गर्दै आफ्नो पोर्टफोलियोलाई फराकिलो र शशक्त बनाउँछन् । झट्ट हेर्दा लगानीकर्ताहरु वियरिस ट्रेन्डको उपयोग गर्न सकिरहेका छैनन् । बढी भन्दा बढी लगानीकर्ताहरुको मनशाय छोटो अवधिमा फाईदा गर्ने वा ट्रेन्डिङ गर्ने उद्देश्य रहेको पाईन्छ । लामो समय होल्ड गरेर त्यसको भ्यालुलाई बढाउने उद्देश्य रहेको पाईदैन।
हाम्रो सेयरबजार परिपक्व सेयर बजार होईन (¥यासनल) विवेकी लगानीकर्ता भन्दा स्पेकुलेटिभ लगानीकर्ताको भिड बढि छ । भनिन्छ ,हाम्रो सेयर बजारलाई सिमित ब्यक्तिहरुको इच्छामा वुलिस र वियरिस ट्रेन्डमा नचाँउन सक्छन् । र साना र नयाँ लगानीकर्ताहरुले कहिल्यै पनि सेयर बजारबाट फाईदा उठाउन सक्दैनन् । उनीहरु सधैँ “गोरुको जुधाई वाँच्छाको मिचाईमा” पर्दछन् । सेयर बजारमा प्रवेश गर्ने धेरै जसो लगानीकर्ताहरु सेयर बजार सम्बन्धी आधारभूत ज्ञान कम भएका र विश्लेषण गर्न भन्दा हल्लाको भरमा लगानीमा होमिएको पाईन्छ ।

वि.स १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्ग लिमिटेडले सर्वसाधारण लाई सेयर जारी गरेर शुरुवात भएको सेयर विक्रिको थालनी, जहाँ सबै सेयर खरिद विक्री गर्ने काम स्वमँ सम्बन्धीत कम्पनीले गरेका थिए । विभिन्न् आरोह अवरोह विच वि.स २०५० सालमा नेपाल स्टक एक्सचेन्जको स्थापना पछि सेयर कारोवार खरिद विक्रीको शुरुवात सरल र सहज भएको हो । बोलकबोलको चरणलाई पार गर्दै वि.स २०६७ मा सि.डि.एस को स्थापना र अनलाईन माध्यम बाट वि.स २०७५ सालमा सेयर कारोवार डिम्याट, सि–आश्वा र मेरो सेयरको कार्यान्वयन पछि लगानीकर्ताको सँख्या उल्लेख्य वढेको छ । अहिले लगभग ६५ पैसठ्ठी लाखको हाराहारीमा डि–म्याट एकाउन्ट र लगभग ५४(चौवन्न) लाखले मेरो सेयरको सुविधा प्रयोग गरेको तथ्याँक छ । यसरी हेर्दा सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुको सँख्या उत्साहजनक छ । २०७८ भाद्र २ मा नेप्से ३१९८।६० को उच्चतम् विन्दुमा र कारोवार रकम २१.३१ अरब हुनु यसैको परिणाम पनि हो । तर अहिले नेप्से परिसचुक २६–२८ सयको सेरोफेरोमा र कारोवार रकम ५–१० अरबको सेरोफेरोमा मात्र छ । यस अवधिमा लगानीकर्ताहरुले नोक्सानी ब्यहोर्नु परेको यथार्थ हो।

पूँजीबजार नै त्यस्तो बजार हो जहाँ लगानीकर्ताहरु सानो सानो रकम बाट पूँजीबजारको ढोका उघाँर्न सक्छन् । र त्यसबाट सृजित मूनाँफामा आनन्द लिन सक्छन् । कम्पनीले निस्काशन गरेका प्राथमिक सेयरमा लगानी गर्दै दोस्रो बजारमा चरणबद्द रुपमा कारोवारमा सँलग्न हुने अवसर हुन्छ । लगानीकर्ताले आपूmलाई नोक्सानी कम गर्न सबै रकम एउटै स्कृप्टमा नभएर लगानी विविधीकरण र पोर्टफोलियो बनाउनु पर्दछ । भनिन्छ नि, “सबै अण्डा एउटै बाँस्केटमा नाराख” (“Do not put all the eggs in one basket”) । नेपाल सरकार, अर्थमन्त्रालय, धितोपत्र वोर्ड र स्टक एक्सचेन्ज नै नेपाली सेयरबजार लाई सक्षम र सबल बनाउन लाग्नुको विकल्प छैन् । देशै भरि छरिएर रहेका लगानीकर्ताहरु सेयर बजार प्रति आकर्षित गर्न सक्नु पर्छ । कहिले काहिँ भनिने र सुनिने सेयर बजार जुवाँको घर हो भन्ने अभिब्यक्तिलाई गलत साबित गर्न सक्नु पर्छ ।

लगानीको विविधिकरणको लागी सबल र सक्षम सेयर बजारको विकाश र विस्तार अपरिहार्य हो । लगानीकर्तालाई आफ्नो लगानी योग्य पूँजीलाई लगानी गर्न एउटा दहा्रे र विश्वासिलो क्षेत्र पूँजी बजार नै हो भन्ने भावनाको विकाश गर्न ढिलो भैसकेको छ । पूँजी बजारलाई अस्वस्थ गराउने ईन्साईडर टेडिङ्ग,अपारदर्शिता, सूचनाको चुहावट, सरकारको अस्थिरता, र नियामक निकायहरुमा भएको राजनितीक हस्तक्षेप जस्ता विकृतीहरुलाई निस्तेज पार्नै पर्दछ । विर्सन नहुने कुरा के छ भने लगानीकर्ताहरु विवेकी हुनै पर्छ र हल्लाको भरमा लगानी गर्ने स्पेकुलेटिभ हनु हुदैँन । लगानीकर्ताले आपूmलाई ¥यासनल लगानीकर्ताकोे रुपमा प्रस्तुत गर्नको लागी सेयर सम्बन्धी लगानी गर्ने कम्पनीको सेयरको आधारभूत (fundamental) र प्राविधिक (technical) विश्लेषणको थोरै भए पनि ज्ञान भएको हुन पर्दछ । भनिए झैँ विटा,अल्फा,रे डायग्राम (रातो र हरियां)े विश्लेषण अल्ली परको कुरा हो ।

कुनै देशको सेयर बजार सुदृढ छ भने त्यस देशको अर्थतन्त्र निश्चय नै सबल र सक्षम हुन्छ नै । त्यसैले सेयर बजार सबल अर्थतन्त्रको ढुकढुकी नै हो ।विश्वअर्थतन्त्र सँकुचन भएको परिवेशमा बजार तल माथि हुनु स्वाभिवक पक्षलाई नर्कान सकिँदैन । करिब ३२०० को नेप्से परिसचकलाई त्यो विन्दुको वरिपरि वा त्यो भन्दा माथि पु¥याउनको लागि र लगानीकर्ताहरुमा विश्वास जगाउनको लागी आउने साउनमा घोषणा हुने मौद्रीक नीतिले सम्बोधन गर्न सक्नु पर्दछ । विशेष गरी साना र नयाँ लगानीकर्ताहरुलाई बजार प्रति आकर्षित गर्न नियामक निकायको ध्यानजानु नितान्त आवश्यक छ। व्रोकर सँख्या थप गर्ने प्रक्रिया पारदर्शी र न्यायोचित हुनु पर्दछ । स्टक एक्स्चेन्ज सबल र सक्षम हनु पर्दछ । त्यसले प्रदान गर्ने सेवा सरल र लगानीकर्ता मैत्री हुनु जरुरी छ । एउटा स्टक एक्सचेन्जको सन्चालन नै प्रभावकरी छैन् भने अर्को थप स्टक एक्सचेन्जको स्थापनाको औचित्य पुष्टी हुन सक्दैन् ।

विवेकी लगानीकर्ताहरुलाई सेयर बजारप्रती आर्कषण गर्नु पदर्छ । पँुजँी बजारको विकाश र विस्तारको लागी विवेकी लगानीकर्ताहरु नै जननी हुन । अर्थमन्त्री र गर्भनरको ट्युनिङ्ग मिल्यो भने बजार सकरात्मक हुने नै छ र लगानीकर्तामा सकरात्मक भावनाको सिन्चीत हुन्छ । धेरै क्षेत्र अर्थतन्त्रको सकँुचनले प्रभावित भएको छ नै । तर अहिले देखा परेको बैङ्गहरुमा तरलताको वृद्दि ले कर्जाको र वचतको व्याँज महिना महिनामा समायोजन हुने भएकोले बैङ्गले बचतमा दिने ब्याज र कर्जाको लिने ब्याज घट्ने हुदाँ सेयर बजारमा केहि राहत देखा परेको छ । लगानीकर्ताहरु हर समयमा धैर्य हुनु आवश्यक छ । सेयर बजार चाहे वुलिस वा वियरिस टे«न्डमा होस वारेन वफेटले भने जस्तै (“We do not have to be smarter than the rest ,we have to be more disciplined than the rest”)“सेयर बजारमा अरु भन्दा अनुशासित बन्न् खोजौँ नकी अरु भन्दा स्र्माट” ।

प्रकाशित : २०८२ जेठ ६ गते १४:४६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI