सेनाको पोशाक लगाएर निकुञ्ज पसेका तस्कर “स्पाइ क्यामेरा”को सहयोगमा पक्राउ

सेनाको पोशाक लगाएर निकुञ्ज पसेका तस्कर “स्पाइ क्यामेरा”को सहयोगमा पक्राउ

कावासोती । गत असार २९ गते निकुञ्जको सूचना कक्षमा एउटा तस्बिर आईपुग्यो । निकुञ्ज भित्र जडान गरिएको स्पाइ क्यामेराले खिचेर पठाएको तस्बिरमा दुईजना व्यक्ति सेनाको पोशाक लगाएर भरुवा बन्दुक र झोला बोकेको देखिएको थियो । निकुञ्जको सुचना कक्षमा यस्तो तस्बिर प्राप्त भए पछि निकुञ्जको सुरक्षा संयन्त्र तत्काल सक्रिय भयो । नेपाली सेना, निकुञ्ज प्रशासनको सहयोगमा त्यही बेलानै तस्बिरमा देखिएका मध्य एक जना व्यक्तिलाई पक्राउ गर्‍यो । उनि थिए पर्सागढी नगरपालिकाका अक्कल बहादुर बि.क ।

अक्कल बहादुर सँगै रहेका अर्का व्यक्ति हेटौंडा-३ का रामशरण बि.क भने भाग्न सफल भए । राम शरणको खोजीलाई तीब्र बनाएको निकुञ्जले नेपाली सेना, निकुञ्ज प्रशासनले र सिआईबीको सहयोगमामा चितवनको पुरानो पर्सा बजारबाट मंसिर २५ गते नियन्त्रणमा लिन सफल भयो ।

सुरुमा पक्राउ परेका अक्कल बहादुर बि.क अदालतको आदेश पछि भरतपुर कारागारमा थिए । जेनजी आन्दोलन पछि भदौ २५ गते कारागारबाट भागेका उनी हाल सम्म पनि कारागार नफर्किएका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। गत मंसिर २५ गते पक्राउ परेका राकेश लामगादे भनेर चिनिने रामशरण बि.क गैंडा मुद्दामा अदालतले २ लाख धरौटी माग गरेको र हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थापाले बताए ।

निकुञ्जले प्रविधिको प्रयोग बढाएसँगै चोरी सिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता मिल्दै गएको सूचना अधिकारी थापाले बताए । उनका अनुसार निकुञ्जले निकुञ्ज भित्र विभिन्न स्थानमा २५ स्थानमा स्पाइ क्यामेरा जडान गरेको छ। त्यो बाहेक निकुञ्जमा सातवटा ड्रोनहरु रहेको र आवश्यकताको आधारमा प्रयोग गरिने थापाले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा गत २०८० कार्तिक ३० गते यता चोरी सिकारीले गैंडा मारेका छैन्न । नेपाली सेना, निकुञ्ज प्रशासन, नेपाल प्रहरी, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान, मध्यवर्ती उपभोक्ता समिति र सामुदायिक वन समितिको सहयोगमा निकुञ्जमा चोरी सिकारका घटना नियन्त्रण आएको हो । अन्तिम पटक २०८० कार्तिक ३० गते चितवनको चपरचुली क्षेत्रमा दुईवटा गैंडा तस्करले खाल्डोमा पारेर मारेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology