नवलपुरका संजयलाई ‘कुरा बुझ्देउ न’ बाट नव गायकको अवार्ड

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन ३ गते २२:३९
नवलपुरका संजयलाई ‘कुरा बुझ्देउ न’ बाट नव गायकको अवार्ड

कावासोती । नवलपुरका उदियमान गायक तथा कार्यक्रम प्रस्तोता सञ्जय देवकोटाले म्युजिक अवार्ड जित्न सफल भएका छ्न ।

देवकोटाले आफ्नो पहिलो गीत “कुरा बुझ्देउ न” बाट चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड” मार्फत् नव गायकको अवार्ड जितेका हुन । विशाल मुभिज प्रा.लिको आयोजनामा चलचित्र बिकास बोर्डको सभाहल चावहिलमा सम्पन्न अवार्ड कार्यक्रममा लोक गायक प्रेम राजा महतले गायक देवकोटालाई अवार्ड हस्तान्तरण गरेका हुन ।

गायक सञ्जय देवकोटाको गीत “कुरा बुझ्देउ न” मा गायिक एलिना चौहानले स्वरमा साथ दिएकी छिन् । कुरा बुझ्देउ न गीतलाई श्रीधर अधिकारीले शब्द संगीत भरेका छन् । गीतलाई सञ्जय विश्वकर्माले निर्देशन गरेका हुन् ।

गायक सञ्जय देवकोटा, मोडल प्रिन्सिका श्रेष्ठ सहित गायक तथा मोडल दुर्गेश थापा र सञ्चिता बोलखे लुइँटेलको अभिनय रहेको गीतको छायाँकन सुरेश काफ्ले र आरडि दुलालले गरेका हुन। गीतलाई डिटिएम मिडियाको युट्युब च्यानलमार्फत् बजारमा ल्याइएको थियो ।

गीतको छायाँकन चितवनको नारायणी किनार, सिजि ल्यान्डमार्क र भतेरी पिकनिक पार्क लगायतको पर्यटकीय क्षेत्रमा गरिएको थियो ।

 

प्रकाशित : २०८१ फागुन ३ गते २२:३९

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI