सिद्धार्थ शान्ती निकेतन हुप्सेकोटमा बिहिबार नवलपुरमै पहिलो “क्रियाकलापमा आधारित सिकाई मेला”हुने

NAWALPUR TIMES

सिद्धार्थ शान्ती निकेतन हुप्सेकोटमा बिहिबार नवलपुरमै पहिलो “क्रियाकलापमा आधारित सिकाई मेला”हुने

 

हुप्सेकोट ३ मा रहेको सिद्धार्थ शान्ती निकेतनको आयोजनामा बिहिबार नवलपुर जिल्लामै पहिलो पटक “क्रियाकलापमा आधारित सिकाई मेला “हुने भएको छ ।

पाठ्यक्रममा रहेका विषयबस्तुलाई शैक्षिक सामाग्रीको प्रयोग मार्फत मनोरञ्जनात्मक तरिकाले सिकाई अभ्यास गराईने मेलामा ६६ वटा क्रियाकलापमा आधारित सिकाई अभ्यासको स्टल राखिने बिध्यालयका प्रधानाध्यापक अनिल थापाले बताए ।

Screenshot 20250312 215241 com google android apps photos LocalPhotosActivity

थापाका अनुसार सिद्धार्थ शान्ती निकेतनको प्राङ्गणमा संचालन हुने मेलामा बिध्यार्थिले मनोरञ्जनात्मक ढङ्गले फरक फरक विषयको आफैले प्रयोग गरेर ज्ञान प्राप्त गर्ने छन ।
सांस्कृतिक एवम रैथाने खाना खाजा पाक शिक्षाको प्रयोगात्मक सिकाईको अवसर प्रदान गरिने मेलामा परम्परागत प्रबिधी प्रत्यक्षिकरण अभ्यास समेत प्रयोगात्मक ढङ्गले सिकाईने शिक्षा बिज्ञ एवम अर्गानिक एजुकेसन नेपालका प्रबन्ध निर्देशक अर्जुन भट्टले बताए ।

सिकाई मेलाबाट बिध्यार्थिहरु नयाँ ज्ञान,सीप सिक्न उत्सुक हुनेछन भने अबिस्मरणिय ज्ञान प्राप्त गर्नेछन ।

मेलामा दैनिक जिवनका ब्यवहारमा आत्मनिर्भर सीप अभ्यास गराईनेछ । जसका लागि फरक फरक १२ वटा स्टलको ब्यवस्था गरिनेछ, जसबाट बिध्यार्थिले दैनिक जिवनमा गर्नुपर्ने ब्यवहारको प्रयोगात्मक ज्ञान प्राप्त गर्नेछन ।

भट्टका अनुसार सिकाई मेलामा अभिभावकका लागि समेत १२ वटा समुहगत खेलको ब्यवस्था गरिएको छ ,जसबाट उनिहरुमा सामाजिकताको वृद्धि हुँदै सहकार्यको भावना बिस्तार हुनेछ ।

बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने मेला नवलपुरको पहिलो हो भने नेपालमै चौधौं हो ।
सिकाईमेलामा सहभागी हुन बिध्यालयले सम्पुर्ण बिध्यार्थी,अभिभावक एवम शिक्षाप्रेमी महानुभाव, सरोकारवालालाई अपिल गरेको छ ।

received 665069869424950

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology