अकला देवी मन्दिरको भौतिक पुर्वाधार विकास निर्माणका लागि श्रीमद भागवत महायज्ञ सुरु हुँदै

NAWALPUR TIMES

अकला देवी मन्दिरको भौतिक पुर्वाधार विकास निर्माणका लागि श्रीमद भागवत महायज्ञ सुरु हुँदै

कावासोती । बौदीकाली गाउँपालिका वडा नं २ मा रहेको अकला देवि मन्दिर तथा गुफाको भौतिक पुर्वाधार विकास निर्माण सहयोगार्थ श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा सत्संग प्रवचन हुने भएको छ ।

अकलादेवी मन्दिर परिसरमा बुधबारबाट सुरु हुने महायज्ञको गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मुलसमितिका संयोजक डिलकुमार श्रेष्ठले जानकारी दिए ।

चैत १३ देखि २१ सम्म सन्चालन हुने श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा सत्संग प्रवचनमा कथा शिरोमणी पण्डित दिपक प्रसाद पौडेलले कथा वाचन गर्ने तथा देवलिला, जनचेतना मुलक नाटक तथा संगितमय कथा वाचनको कार्यक्रम हरेक दिन रहने अकलादेवी मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष टंगबहादुर थापाले बताए ।

बुधबार देखि सुरु हुने महायज्ञको पहिलो दिन बाजागाजा झाँकी सहितको कलश शोभा यात्राले मन्दिर तथ बजार परिक्रमा गरि यज्ञमण्डप स्थापना गरि समुदघाटन गरिने कार्यक्रम रहेको संयोजक रानाले बताए ।

बिहिबार देखि हरेक दिन बिहान ६ देखि ९ बजे सम्म नित्य पुजापाठ, ग्रहशान्ती तथा चौरासी पुजा, अन्नदान, भुमि दान, ब्राह्मण भोजन पितृ तर्पण, तुलादान, व्रतबन्ध, गुन्योचोली, विवाह तथा आरतीको कार्यक्रम गरिने तथा १० देखि ४ बजे सम्म विभिन्न देवलीला सहित संगितमय कथा प्रवचन गरिने आयोजकले जनाएको छ ।

अकला देवी मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिको आयोजनामा सुरु हुने महायज्ञको संरक्षक बौदीकाली गाउँपालिका र सह-संरक्षक बौदीकाली वडा नं २ रहेका छ्न ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology