तदर्थ समिती बनाएर अधिवेशनमा जान माग गर्दै श्रेष्ठद्वारा नगरसमिति सदस्यबाट राजीनामा

NAWALPUR TIMES

तदर्थ समिती बनाएर अधिवेशनमा जान माग गर्दै श्रेष्ठद्वारा नगरसमिति सदस्यबाट राजीनामा

कावासोती : नेपाली काँग्रेस कावासोती नगरसमिती भित्र तदर्थ समिती बनाएर अधिबेशनमा जान माग भएको छ । काँगेसको १४ औं अमहाधिबेशनमा नगरसभापती पदका निकटतम प्रतिस्पर्धी अमृतकुमार श्रेष्ठले यस्तो माग गरेका हुन् । उनले बिहिबार नगर सदस्य पदबाट राजिनामा दिँदै नयाँ पुस्ताको नेतृत्वमा तदर्थ समिती बनाएर अधिबेशनमा जान माग गरेका छन् ।

श्रेष्ठले बुझाएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ,’ बिधान अनुसार बर्तमान कार्यसमिति को म्याद असोज ११ गते सकिएको हो , मैले नैतिकताको आधारमा राजिनामा दिएको छु , अब तदर्थ समिती बनाएर अघि बढौं । ‘

उनले नैतिक रुपमा यो समिती पदमा बस्न आबश्यक नभएको भन्दै तत्काल बाटो खुला गर्न आग्रह गरेका छन् । नेपाली काँगेस कावसोती नगर समितिमा अहिले शालिकराम ढकाल सभापती छन् । श्रेष्ठ उनका निकटतम प्रतिस्पर्धी हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology