वन्यजन्तु पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै शिसवार
सन्जय भट्टराई प्रकाशित : २०८२ वैशाख १० गते १८:१४
कावासोती । नवलपुरको देवचुलीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको शिसवार उपभोक्ता समिती अन्तर्गतका सामुदायिक वनहरु वन्यजन्तु पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गएका छन ।
पुर्व पश्चिम राजमार्गमा पर्ने केउरानी चोक देखि १.५ किलोमिटर पर नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएको दिव्य मध्यवर्ती सामुदायिक वनबाट सुरु हुने जंगल सफारीमा वन्यजन्तु सजिलै अवलोकन गर्न सकिने भएकाले वन्यजन्तु पारखी आन्तरिक तथा बाहय पर्यटकको लागि शिसवार पहिलो रोजाई बन्दै गएको हो ।
चितवनको सौराहा आएर वन्यजन्तु अवलोकन गर्दा मन नभरिए पछि शिसवारको दिव्य मध्यवर्ती सामुदायिक वन आएका पत्रकार कृष्ण विशुंखेले बुधबार जंगल सफारी गरे पछि निकै सन्तुष्ट भएको बताए । “सौराहमा गएर सफारी जाँदा गैंडा समेत सहज देख्न सकिएन, दिव्य वनमा सफारी सुरु हुन साथ गैँडाहरुले नै स्वागत गर्न निस्किए झै लाग्यो”, विशुंखेले भने । करिब २ घण्टा सफारी गर्दा गैँडा मात्रै १४ वटा फेला पारेको विशुंखेले बताए ।
धेरैको संख्यामा एक सिङ्गे गैँडा मात्रै होइन दुर्लभ प्रजातिको पाटेबाघ , भालु तथा धेरै संख्यामा चराचुरुङ्गीको अवलोकन गर्न पाईने भएकाले पछिल्लो समय जंगल सफारी गर्नेका लागी यो पहिलो रोजाइ बन्दै गएको संरक्षणकर्मी तथा पर्यटन व्यवसायी ढुडिराज केसी बताउछन ।
गैँडा सँगसँगै दुर्लभ पाटे बाघ समेत सफारीको क्रममा देखिन गरेको र यसले गर्दा पछिल्लो समय शिसवारका सामुदायिक वनहरुमा सफारी गर्न आउनेहरुको संख्या बढदै गएको दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुवास ओझा बताउछ्न । औसतमा दैनिक ८० देखि १०० जना आन्तरिक तथा बाहय पर्यटकले जंगल सफारी गर्ने गरेका ओझाले बताए ।
गैँडा सँगसँगै पाटेबाघ पनि देखिन थाले पछि यहाँका वनहरुमा सफारीका लागि आउने पर्यटक खुसी भएर फर्किने गरेका शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डेले बताए । दिव्य मध्यवर्ती सामुदायिक वन बाट सुरु भएको सफारी मातृभुमी, प्रगति, नारायणी र कुमारवर्ती मध्यवर्ती सामुदायिक वनमा करिब ३ घण्टाको जंगल यात्रामा पर्यटकले एक सिङ्गे गैँडा मात्रै होइन दुर्लभ प्रजातिको पाटेबाघ , भालु तथा धेरै संख्यामा चराचुरुङ्गीको अवलोकन गर्ने गरेका पाण्डेले बताए ।
सफारीलाई व्यवस्थित बनाउन शिसवार पर्यटन समिती बनाएर यहाँका दिव्य, मातृभुमी, प्रगती, नारायणी र कुमारवर्ती सामुदायिक वनमा पर्यटकलाई लैजाने गरिन्छ। प्रती पर्यटक एक सय रुपियार पर्यटन व्यवसायीले गाडी सन्चालन शुल्क बापत प्रती खेप ५ सय रुपिया पर्यटन समितिलाई बुझाउने गर्द्छ्न । यसरी जम्मा भएको पैसा यस क्षेत्रको पर्यटन विकासमा खर्च गर्ने गरेको पाण्डेले बताए ।
पछिल्लो समय घाँसे मैदान, वन्यजन्तुका लागी पानीको व्यवस्थापन जोड दिए पछि यहाँका वनहरुमा आहारा प्रजातीको संख्या बढे सँगै बाघ समेत सजिलै देखिन थालेको हो । वन्यजन्तु अवलोकन मात्रै नभएर यहाँको दिव्य मध्यवर्ती सामुदायिक वनमा रहेको शनिस्चरे ताललाई समेत व्यवस्थापन गर्न सुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा तालको संरक्षणको काम अगाडी बढाईएको सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । ६ वर्ष अगाडी देखि प्रदेश सरकारको सहयोगमा तालको संरक्षण अगाडी बढाईएको पाण्डेले बताए । पाण्डेका अनुसार गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा डिपिआर सम्पन्न गरेर सोही डिपिआर अनुसार ताल बिस्तारको कामलाई अगाडी बढाईएको हो ।
६ वर्ष अघि देखि तालको संरक्षण सुरु गरिएको र अहिले ताल सात बिगाहा क्षेत्रफलमा फैलिएको छ । बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार तालको संरक्षणको काम सम्पन्न हुदाँ ३१ बिगाहा क्षेत्रफलमा फैलिने अध्यक्ष पाण्डेले बताछन । साँझपख सुर्यास्तको मनोरम दृष्यमात्रै नभएर एक सिंगै गैँडाको जलक्रिडा सहित साइवेरियन चरा, मयूर, सारस लगाएतका चराहरुको मनमोहक दृष्यले यो तालको महत्वलाई झनै बढाएको हो । यो ताललाई वन्यजन्तुका लागि पानी स्रोत जुटाउन मात्रै नभई जैविक विविधताको संरक्षण गरेर पर्यापर्यटनको गन्तव्य बनाउने गरी संरक्षणको काम अगाडी बढाईएको पाण्डेले बताए । बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार दुइटा आवासीय मचान, तालको बीचमा मन्दिर, संग्रहालय र पार्क बनाईने छ । गण्डकी प्रदेश सरकारको पर्यटनको गन्तव्यमा समेत सूचीकृत ताललाई संरक्षण गरेर पर्यापर्यटन सँग जोडनका लागी हाल सम्म प्रदेश सरकारको सहयोगमा ७० लाख रुपिया खर्च भैसकेको र चालु वर्ष समेत ४० लाख बजेट विनियोजन भएको पाण्डेले बताए ।
Facebook Comment