एसइई: कावासोतीको नतिजा ५४ बाट बढेर ८६.१५ प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार १४ गते १८:५९
एसइई: कावासोतीको नतिजा ५४ बाट बढेर ८६.१५ प्रतिशत

कावासोती । शैक्षिकसत्र २०८१ मा संचालित माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षामा कावासोती नगरपालिकाबाट ८६.१५ प्रतिशत उतिर्ण भएका छ्न । यो नतिजा सँगै कावासोती जिल्लामा धेरै विद्यार्थी उतिर्ण गराउने स्थानिय तहमा दोस्रो स्थान ओगटन सफल भएको छ । शैक्षिकसत्र २०८० मा कावासोती नगरपालिकाको समग्र नतिजामा उतिर्ण प्रतिशत ५४ मात्रै थियो ।

शुक्रबार प्रकाशित नतिजा अनुसार कावासोतीबाट १६ वटा सामुदायिक तथा ११ वटा संस्थागत विद्यालयका गरेर १ हजार २ सय ३२ विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थी मध्ये ८६.१२ प्रतिशत अर्थात एक हजार एकसट्ठी विद्यार्थी उतिर्ण भएका हुन

विद्यालयहरुबाट प्राप्त नतिजा अनुसार १६ वटा सामुदायिक विद्यालयका ८ सय ७० मध्य ७ सय ६ जना अर्थात ८१.१५ प्रतिशत र ११ वटा संस्थागत विद्यालयका ३ सय ६२ मध्ये ३ सय ५५ जना अर्थात ९८.०७ प्रतिशत विद्यार्थी उतिर्ण भएका कावासोती शिक्षा शाखाले जनाएको छ ।

यसै बिच शुक्रबार प्रकाशित नतिजा अनुसार कावासोती-८ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयका छात्र आयुष ढकालले ४ जिपिए ल्याउन समेत सफल भएका छ्न । जिल्लामा ९ जना ४ विद्यार्थीले जिपिए ल्याएका थिए ।

1751114395587

प्रकाशित : २०८२ असार १४ गते १८:५९

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI