कावासोती । केही दिनयता अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि नवलपुरका स्थानीय तहहरुले विद्यालयमा गर्मी बिदा दिएका छन ।
जिल्लाको गैँडाकोट, कावासोती र मध्यविन्दु नगरपालिकाले सूचना निकालेर विद्यालयहरु बिदा गर्ने जनाएका छ्न ।
गैँडाकोट नगरपालिका जेठ २८ देखि ३० सम्म, कावासोतीले जेठको २९ र ३० र मध्यविन्दु नगरपालिकाले वर्षा नहुदा सम्म विद्यालय बिदा हुने जनाएका छ्न ।
मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीका अनुसार नगरपालिका भित्रका विद्यालयहरु बिहीबारदेखि वर्षात नहुन्जेलसम्मका लागि बिदा दिइएको छ । ‘बिदा अनिश्चितकालसम्म रहने छ,’ उनले भने, ‘पानी परेर शितलो हुनासाथ विद्यालय सञ्चालन हुने छन् । गर्मी रहुन्जेल बिदा दिन सक्ने छन् ।’
‘ढलान कक्षाकोठा र पंखाको समेत पर्याप्त सुविधा हुने विद्यालयले पढाउन पनि सक्ने छन्,’ उनले भने । न्यूनतम सुविधा दिन नसकेका विद्यालयले वर्षात नहुन्जेल बिदा दिन उर्दी गरेको उनले जानकारी दिए । बुधबार एक सूचना जारी गरेर गर्मी रहुन्जेलसम्मका लागि बिहीबारदेखि विद्यालय बिदा दिइएको उनले जानकारी दिए ।
प्रकाशित : २०८२ जेठ २९ गते १४:४८
Facebook Comment