कावासोती नगर स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि गोछडा प्रथम

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ १८ गते २२:०२
कावासोती नगर स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सरस्वती मावि गोछडा प्रथम

कावासोती । कावासोती-१ मा जारी कावासोती नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड सरस्वती माध्यमिक विद्यालय गोछडा प्रथम भएको छ ।

कावासोती-१ रिट्ठेपानीमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा आयोजना भएको सातौं नगर स्तरिय रनिङ्गशिलड प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ११ कास्य सहित सरस्वती मावि गोछडा प्रथम, ६ स्वर्ण, ५ रजत र ७ कास्य सहित आयोजक जनकल्याण मावि रिट्ठेपानी द्वितीय र ६ स्वर्ण २ रजत र ५ कास्य सहित मध्यविन्दु बहुमुखी क्याम्पसले तृतीय स्थान हात पारेका हुन ।

माघ १६ गते देखि प्रतियोगिता सुरु भएको प्रतियोगितामा २७ विद्यालयको सहभागीता रहेको थियो ।

प्रकाशित : २०८१ माघ १८ गते २२:०२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI