कावासोती । नवलपुरमा सवारी दुर्घटनाबाट पछिल्लो चार वर्षमा एक सय ५७ जनाको मृत्यु भएको छ । २०७८ साउन यता एक सय ५७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयको तथ्यांक छ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार पछिल्लो चार वर्षमा (०७८/७९ देखि ०८१/०८२ सम्म) नवलपुरमा ४ सय १६ वटा सडक दुर्घटनामा भएको रेकर्ड छ । यो अवधीमा १ सय ५७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ३ सय ५७ जना गम्भीर र ४सय ११ जना सामान्य घाइते भए ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ९५ वटा दुर्घटना भएका छन् भने दुर्घटनामा परि ज्यान गुमाउनेको सख्या ४० छ। त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ७६ वटा दुर्घटनामा ज्यान गुमाउनेको सख्या २९जना छ भने आर्थिक वर्ष २०८०/०८१ मा १सय ३५ सवारी दुर्घटना भएकामा ज्यान गुमाउनेको संख्या ४६ छ । त्यसै गरि गत आ.व २०८१/८२ मा १ सय १० वटा दुर्घटनामा परेर ४२ जनाले ज्यान गुमाएका हुन ।
नारायणघाट बुटवलको नवलपुर खण्डको अधिकांश भाग एकतर्फी कालोपत्र भए सँगै चालकको लापरबाहीका कारणले दुर्घटना हुने गरेको छ । प्रमुख बन्जाराका अनुसार बाटो सहज हुदैँ गए पछि तीब्र गतिमा सवारी चलाउदाँ अधिकांश दुर्घटना हुने गरेको छ । चालकको लापरबाही कम गर्न सडकमा सवारी चेक जाँचलाई निरन्तरता दिईरहेको उनले बताए ।
३० हजार बढी सवारी साधन ट्राफिक कार्वाहीमा
यसै बिच गत आ.व २०८१/८२ मा नवलपुरमा ट्राफिक नियम उलंघन गर्ने ३० हजार ८ सय ९ सवारी साधन ट्राफिक कार्वाहीमा परेका छ्न । सवारी साधनलाई गरिएको ट्राफिक कार्वाहीबाट आ.व ०८१/८२ मा २ करोड ५३ लाख ७७ हजार राजस्व संकलन भएको प्रमुख बन्जाराले बताए ।
जिल्ला ट्राफिक कार्यालयले आ.व०७८/७९ मा ३१ हजार १ सय ९३ सवारी साधन कार्वाहीमा परेका थिए भने २ करोड ११ लाख ८१ हजार ५ सय रुपिया राजस्व संकलन भएको थियो भने आ.व ०७९/८० मा ३७ हजार ९ सय ५ सवारी साधन कार्वाहीमा पर्दा ३ करोड १० लाख राजस्व संकलन भएको थियो भने आ.व ०८०/८१ मा ३४ हजार २ सय ३५ सवारी साधन कार्वाहीमा पर्दा २ करोड ८७ लाख ५४ हजार राजस्व संकलन भएको हो ।
यसै गरि दुर्घटनाको अर्को कारण मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको बताउदै प्रमुख बन्जाराले गत आ.वमा २ हजार १ सय ९६ जनालाई मापसे गरेर सवारी चलाए बापत कार्वाही गरेको बताए । मापसे गरेर सवारी चलाए बापत कार्वाही गर्दा यो आ.वमा ११ लाख ८७ हजार राजस्व समेत संकलन भएको हो । आ.व ०७८/७९ मा मापसे गरेर सवारी चलाएका १ सय ९० जनालाई कार्वाही गर्दा १ लाख ९० हजार, ०७९/८० मा ६ सय ४६ जनालाई कार्वाही गर्दा १२ लाख ३९ हजार राजस्व संकलन भएको बन्जाराले जानकारी दिए । त्यसै गरि आ.व ०८०/८१ मा ४ हजार ९ सय ४६ जनालाई मादक पदार्थ सेवन गरेर सवारी चलाए बापत कार्वाही गर्दा ५२ लाख ६१ हजार राजस्व संकलन भएको थियो ।
जिल्ला ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरण गर्न गत आर्थिक वर्षमा ४ हजार २ सय ५१ पटक विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । जनचेतना कार्यक्रमबाट तीन लाख १३ हजार ४ सय ४६ जना लाभान्वित भएको प्रमुख बन्जाराले बताए ।
प्रकाशित : २०८२ साउन १० गते ९:१९
Facebook Comment