गैँडाको आक्रमणबाट एकजना घाइते

NAWALPUR TIMES

गैँडाको आक्रमणबाट एकजना घाइते

कावासोती । नवलपुरमा बिहीबार बिहान गैँडाले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ ।

मध्यविन्दु नगरपालिका–२ सेहरीको बाटोमा हिँडिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय रेशमलाल महतोलाइ एक्कासी गैँडाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार गैँडाको आक्रमणबाट महतोको दुबै खुट्टामा चोट लागेको छ ।

उहाँको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको नेपालले बताउनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology