कावासोती । शैक्षिकसत्र २०८०माध्यमिक शिक्षा परीक्षा (एसइई)मा १२ विद्यालयको नजिता ‘शून्य’ आएको नवलपुरमा शैक्षिकसत्र २०८१ मा ३ वटा विद्यालयको नतिजा शुन्य आएको छ ।
गत शुक्रबार प्रकाशित नतिजा अनुसार नवलपुरमा बुलिङ्गटारको जनजागृती माध्यमिक विद्यालय ढाडबेसी, गैँडाकोटको बालज्योति माध्यमिक विद्यालय दमार र गैँडाकोटकै श्रीमद रामानुज वेद विद्याश्रमको नतिजा शुन्य आएको हो ।
२०८० र २०८१ को २०८०माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई तुलनात्मक रुपले अध्ययन गरेर हेर्ने भो भने सामुदायिक विद्यालयहरुको नतिजामा निक्कै सुधार आएको शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठ बताउछ्न ।
तथ्यांकमा देखिएको सुधार
गत शुक्रबार प्रकाशित भएको २०८०माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सामुदायिक विद्यालयको नतिजामा दोब्बर सुधार भएको पाउन सकिन्छ ।
सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०८० मा विनयी त्रिवेणी गाउँपालिकामा सबै भन्दा कम विद्यार्थी उतिर्ण भएका थिए। शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरको तथ्यांक अनुसार शैक्षिकसत्र २०८० मा यो गाउँ पालिकामा सामुदायिक विद्यालयका १६.५ प्रतिशत विद्यार्थी उतिर्ण हुँदा शैक्षिकसत्र २०८१ मा विनयी त्रिवेणी मा सामुदायिक विद्यालयका ४३.७३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छ्न ।
त्यसै हुप्सेकोटले २३.५१ प्रतिशत बाट ५८.६७ प्रतिशत, बुलिङटारले २६.४२ बाट ५१.०४ प्रतिशत, मध्यविन्दुले ३२.७९ बाट ४३.८६ प्रतिशत, बौदिकालीले ४०.७१ बाट ८७.६९ प्रतिशत, कावासोतीले ४८.२५ बाट ८१.१५ प्रतिशत, गैँडाकोटले ५०.०७ बाट ६७.९८ प्रतिशत र देवचुलीले ५४.९५ बाट ७८.१५ प्रतिशत नतिजामा सुधार गरेका हुन ।
सामुदायिकको नतिजामा सुधार आए सँगै जिल्लाको समग्र नतिजामा पनि २३ प्रतिशतले सुधार आएको छ । शैक्षिक सत्र २०८० मा नवलपुरमा एसइई दिने ४७.९२ प्रतिशत विद्यार्थी उतिर्ण हुदा शैक्षिकसत्र २०८१ मा उतिर्ण प्रतिशत ७०.४५ प्रतिशत पुगेको छ ।
सामुदायिक विद्यालयको नतिजामा सुधार आउँदा समग्र जिल्लाको नतिजामै २३ प्रतिशतले सुधार आएको शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठले बताए । यस पटकको नतिजाले सामुदायिक विद्यालयहरु नतिजामा बिस्तारै उकासिँदै गएका श्रेष्ठले बताए ।
विगतमा भन्दा सामुदायिक विद्यालयको नतिजामा सुधार आएको भए पनि जिल्लाका चार पालिकाको नतिजा भने राष्ट्रिय मापदण्ड भन्दा कम रहेको पाइएको छ । बुलिङटार ५१.०४ , विनयी त्रिवेणी ५१.३९, मध्यविन्दु ५४.६६ र हुप्सेकोट ६२.२४ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण गराउन सफल भएका हुन् ।
राष्ट्रिय स्तरमा ६२. ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
प्रकाशित : २०८२ असार १६ गते २०:०७
Facebook Comment