कावासोती । २०४८ देखि अपराजित रहेको नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नवलपुरमा क्षेत्र नं १ मा युवा नेता बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ ।
विगत २०६४ देखि कांग्रेसका नेता डा. शशांक कोइरालाले जित्दै आएको यो क्षेत्रमा यस पटक भने स्थानीय युवा उम्मेदवारका रुपमा बालकृष्ण घिमिरेलाई उम्मेदवारको रुपमा अगाडी सारेको हो ।
विशेष महाधिवेशन पछि नयाँ नेतृत्व आएको कांग्रेसले यस पटक स्थानीय उम्मेदवारलाई निर्वाचनमा अगाडी सारे सँगै यो क्षेत्रमा कांग्रेसले विरासत सहजै जोगाउने चर्चा मतदाताको बिचमा चल्न सुरु गरेको छ ।
को हुन बालकृष्ण घिमिरे ?
नवलपुरको पहाडी पालिका बुलिङ्गटार-६ साबिकको भारतिपुर-१ मा जन्मिएका घिमिरेले विद्यालय तहको शिक्षा बुलिङ्गटारमा रहेको त्रिभुवन माध्यमिक विद्यालयबाट पूरा गरेका हुन ।
राजनीति सँगै प्राध्यापन पेशामा रहेका घिमिरे शिक्षा शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उतिर्ण छ्न । विद्यावारिधी अध्ययनरत घिमिरे जिल्लामा बौद्धिक नेताको रुपमा चिनिन्छ्न ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका घिमिरे नेविसंघको जिल्ला सदस्य, जिल्ला सचिव हुँदै हाल नेपाली कांग्रेसको जिल्ला उपसभापति पदमा बहाल रहेका छन ।
२०६२/६३ को जन आन्दोलनमा जिल्लामा लोकतान्त्रिक बुद्धिजीवीहरुको नेतृत्व गर्दै प्रजातान्त्रिक विचार समाजको जिल्ला अध्यक्षको रुपमा वैचारिक मुद्दामा स्पष्ट रुपमा आफुलाई उभाएका घिमिरे शैक्षिक योग्यता र नीतिगत दखल भएका नेताका रुपमा चिनिन्छ्न ।
विगत २ दशक देखि प्रध्यापन पेशामा रहका घिमिरे जिल्लाको स्वास्थ्य सेवा प्रवाहामा नतिजा दिने नेताका रुपमा चिनिन्छन । मध्यविन्दु जिल्ला अस्पताल हाल स्तरोन्नति पश्चात् मध्यविन्दु प्रादेशिक अस्पताल भइसकेको र सो अस्पतालको व्यवस्थापन समितिको अध्यक्षका रूपमा घिमिरेको कार्यकाल नवलपुरकै लागि एउटा “रोल मोडल” बनेको छ । उनकै नेतृत्वमा अस्पताललाई १५ शय्याबाट १०० शय्यामा स्तरोन्नति, नयाँ भवन र आधुनिक भौतिक पूर्वाधारको निर्माण,मिर्गौला रोगीका लागि जिल्लामै डायलाइसिस सेवाको थालनी, सेवाग्राहीको चाप धान्न करारमा चिकित्सक, डेढ दर्जन कन्सल्टेन्ट डाक्टर र थप कर्मचारीहरूको व्यवस्थापन, जग्गाको भोगाधिकार प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
नेपाली कांग्रेस भित्र वैचारिक र विद्रोही स्वाभावका नेताका रुपमा पहिचान बनाएका घिमिरेले कांग्रेस विशेष महाधिवेशनको पक्षमा नवलपुरमा नेतृत्वदायी भुमिका खेलेका थिए । घिमिरेकै जोडबलमा नवलपुरका ९० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए ।
नवलपुर १ मा विगत १८ वर्ष देखि स्थानीय उम्मेदवार नदिएको कांग्रेसले यस पटक स्थानीय युवा उम्मेदवारलाई अगाडी बढाउदा आम मतदातामा उत्साह थपिएको छ ।
नवलपुर १ मा विगत १८ वर्ष देखि स्थानीय उम्मेदवार नदिएको कांग्रेसले यस पटक स्थानीय युवा उम्मेदवारलाई अगाडी बढाउदा आम मतदातामा उत्साह थपिएको छ ।
Facebook Comment