रेडक्रस कावासोती उपशाखाले शव राख्ने मर्चरी चेम्बर सन्चालनमा ल्याउदै

NAWALPUR TIMES

रेडक्रस कावासोती उपशाखाले शव राख्ने मर्चरी चेम्बर सन्चालनमा ल्याउदै

कावासोती । नेपाल रेडक्रस कावासोती उपशाखाले शवलाई सुरक्षीत राख्ने मर्चरी चेम्बर सन्चालनमा ल्याउने भएको छ ।

उपशाखाको २३औं वार्षिक साधरणसभा तथा ८ औं अधिवेशनको अवसर पारेर आगामी चैत २२ गते देखि मर्चरी चेम्बर सन्चालनमा ल्याउने आईतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस कावासोती उपशाखाका अध्यक्ष बाबुराम कंडेलले जानकारी दिए । उनका अनुसार यो सेवा सन्चालनका लागि उपशाखाले २ वटा मर्चरी चेम्बर खरिद गरेको हो ।

टाढा रहेका आफन्त आउने पर्खाइमा धेरै दिनसम्म शव राख्न सहज होस् भनेर यो सेवा सुरु गरिएको अध्यक्ष कंडेलले बताए। यो सेवा सुरु भएसँगै धेरै दिनसम्म शव राख्न नसक्ने समस्याले विदेशमा रहेकाहरू आफन्तको मृत्यु हुँदा फर्केर मुखसमेत देख्न नपाउने अवस्थाको अन्त्य हुने उनको भनाई छ ।

परिवारका सदस्यहरु टाढा रहेका कारण धार्मिक वा अन्य कारणले गर्दा शवलाई केही समयसम्म सुरक्षित राख्नुपर्ने अवस्था आउन सक्छ यस्तो अवस्थामा शवलाई सुरक्षित रूपमा राख्नुपर्ने हुँदा यसलाई मध्यनजर गरी शवलाई व्यवस्थित रूपमा राख्न सक्ने मर्चरी चेम्बर खरिद गरेर सेवा सुरु गरेको शाखाका सचिव कपिल न्यौपानेले बताए ।

कावासोती नगरपालिका भित्र एक दिनका लागि एक हजार पाँच सय र बाहिर ठाउँका लागि दैनिक २ हजारमा चेम्बर उपलब्ध गराउने गरेर सेवा सुरु गरिने रेडक्रसले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology