रवि लामिछानेको निवेदन न्यायाधीश विष्टको इजलासमा, आजै आदेश आउने

NAWALPUR TIMES

रवि लामिछानेको निवेदन न्यायाधीश विष्टको इजलासमा, आजै आदेश आउने

कावासोती । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा दिएको निवेदनमा सुनुवाइ चलिरहेको छ ।

उच्च अदालत बुटवलका न्यायाधीश सागर विष्टको एकल इजलासमा ४ नम्बरमा आज सुनुवाइ भइरहेको हो ।

सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन गराएका थिए ।उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बुधबार साँझसम्म आदेश आउने  बताए ।

यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दामा रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology