कावासोती । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ ।
नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं महोत्सवबाट थालनी गरिएको प्रतियोगिता आठौंमा पनि निरन्तरता दिइएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले बताए ।
भोलिदेखि शुरु हुने प्रतियोगितामा ९ टीम को सहभागिता रहेको छ। हरेक दिन एक समूहको प्रस्तुति रहने आयोजकका महा-सचिव सागर पोख्रेलले जानकारी दिएका छन् ।
भोलिदेखि दोहोरी प्रतियोगिता पनि शुरू हुने, दोस्रो दिनदेखि चलिरहेको डान्स आइडलको प्रस्तुति र राष्ट्रिय तथा स्थानीय कलाकारका साथै स्थानीय मौलिक साँस्कृतिक प्रस्तुतिहरु पनि समेट्नुपर्ने भएकाले दिउँसो साढे १२ वजेदेखि नै साँस्कृतिक गतिविधिहरू शुरु भइसक्ने महासचिव पोख्रेलले वताए ।
भोलि सोमवार प्रतियोगितामा कावासोती- १६ को प्रगतिशील नाचगान समूहको प्रस्तुति रहने साँस्कृतिक संयोजक डाँसुराज पोख्रलले जनाएका छन् ।
प्रकाशित : २०८१ माघ २७ गते १८:१३
Facebook Comment