रक्क्षिता बनिन नवलपुर डान्स आइडल

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन १४ गते १८:२१
रक्क्षिता बनिन नवलपुर डान्स आइडल

कावासोती । आठौं नवलपुर महोत्सवमा आयोजना गरिएको नवलपुर डान्स आइडल २०८१ को उपाधि रक्क्षिता अर्यालले जितेकी छिन ।

कावासोतीको समता शिक्षा निकेतन कक्षा ५ मा पढने अर्यालले २८ जना प्रतिस्पर्धीलाई उपाधी जितेकी नवलपुर महाेत्सव-२०८१ डान्स आडलका संयाेजक प्रेम नारायण पाण्डेले जानकारी दिए।

प्रतियोगिताको फष्ट रनरअप मिसु भट्टराई, सेकेन्ड रनरअप सन्दिपा परियार र थर्ड रनरअप सुनयना पाेख्रेल पोख्रेल भएका पाण्डेले बताए । ।

विजेताले नगद रु २० हजार , ट्रफि र प्रमाणपत्र , फष्ट रनरअपले नगद रु १५ हजार ट्रफि र प्रमाणपत्र, सेकेन्ड रनरअपले नगद रु १० हजार ट्रफि र प्रमाणपत्र, थड रनरअपले नगद रु ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छ्न ।

प्रकाशित : २०८१ फागुन १४ गते १८:२१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI