फोर नेसन्स कपको फाईनल खेल  प्रधानमन्त्रीले हेर्ने

NAWALPUR TIMES

फोर नेसन्स कपको फाईनल खेल  प्रधानमन्त्रीले हेर्ने
kp oli aayog

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फोर नेसन्स कपको फाइनल खेल हेर्ने भएका छन् ।

साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न उनी दशरथ रंगशाला जाने तालिका छ।

४ राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र किर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।

त्यसअघि उनी सेन्ट्रल भेन्यू पुल्चोक, ललितपुरमा जारी केपी ओली कपमा खेलाडीहरुसँग भेटवार्ता गर्नेछन् ।

सैनिक मञ्च टुँडिखेलमा हुने महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी भएर उनी सेन्ट्रल भेन्यूमा जाने तालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology