कावासोती । ११ औँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नवलपुर आउने भएका छन ।
सरकारले २०७१ असार २ गते राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति गठन गरेर चुरे संरक्षण योजनालाई अगाडि बढाएपछि प्रत्येक वर्ष असार २ गते चुरे संरक्षण दिवस मनाइँदै आएको छ ।
यसै दिवसको अवसरमा राष्ट्रपति पौडेलले नवलपुरको कावासोती –३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनमा वृक्षरोपण गरेर दिवसको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका उपसचिव टेकप्रसाद पुलामीले जानकारी दिए ।
सोमबार बिहान ८ः ३० बजे राष्ट्रपति पौडेलले कार्यक्रम उदघाटन गर्ने तालिका छ ।
प्रकाशित : २०८२ असार १ गते १३:४१
Facebook Comment