शैक्षिक सामाग्री वितरण गरेर प्रकृतिले मनायो ३०औं स्थापना दिवस

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ २१ गते ८:०३
शैक्षिक सामाग्री वितरण गरेर प्रकृतिले मनायो ३०औं स्थापना दिवस

कावासोती । प्रकृति पुस्तक पसल कावासोतीले स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ । वसन्त पञ्चमीका अवसरमा विभिन्न विद्यालयमा अक्षरारम्भ गर्न आएका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएर पसलले स्थापना दिवस मनाएको हो ।

२०५२ सालमा आजकै दिन स्थापना भएको प्रकृति पुस्तक पसल ३०औँ वर्षमा प्रवेश गरेको छ । प्रत्येक वर्ष पुस्तक पसलले विद्यालयमा स्टेसनरी सामग्री वितरण गरेर स्थापना दिवस मनाउने गरेको पुस्तक पसलका व्यवस्थापक गीता पराजुलीले बताईन् । सामाजिक उत्तरदायित्व बहन गर्दै आफूहरुले सामुदायिक विद्यालयका विद्यार्थीलाई नि:शुल्क स्टेसनरी सामग्री वितरण गर्ने गरेको पराजुलीको भनाई छ । श्रीपञ्चमी र रास्ट्रिय पुस्तक दिवस आजैको दिन पर्ने भएकोले पनि पुस्तक पसलले स्थापना दिवसमा विद्यालयका बाबुनानीलाई नि:शुल्क शैक्षिक सामग्री वितरण गर्ने गरेको छ ।

सहयोगस्वरुप आएका सामग्री नयाँ भर्ना हुन आएका बाबुनानीलाई उपलब्ध गराइएको नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले बताए । प्रकृति पुस्तक पसलले स्थापना दिवस बाहेक अन्य समयमा समेत विभिन्न विद्यालयमा सहयोग गर्ने गरेको समता शिक्षा सदनका प्रधानाध्यापक महेस भुर्तेलले बताए । यो वर्ष प्रकृति पुस्तक पसलले करिब चारसय पचास विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको व्यवस्थापक पराजुलीले बताइन् । प्रकृति पुस्तक पसल नवलपुर जिल्लाको पुरानो पुस्तक पसल हो ।

प्रकाशित : २०८१ माघ २१ गते ८:०३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI