प्रगतिनगर खानेपानीमा नयाँ कार्यसमितिको १०० दिन, आठ लाख बक्यौता महसुल उठाउने देखि सामाजिक उत्तर दायित्व बहनसम्म

NAWALPUR TIMES

प्रगतिनगर खानेपानीमा नयाँ कार्यसमितिको १०० दिन, आठ लाख बक्यौता महसुल उठाउने देखि सामाजिक उत्तर दायित्व बहनसम्म

कावासोती । नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नयाँ कार्यसमितिले कार्यभार समाले पछिको सय दिनको काम सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले सय दिनमा गरिएका कामको सार्वजनिक गरेका हुन ।

सय दिनको कार्य उपलब्धि सार्वजनिक गर्दै अध्यक्ष कडरियाले ८ लाख रुपिया पुरानो बक्यौता महसुल उठाएको बताए । त्यसै गरि १०० दिनको अवधिमा खानेपानीको तटबन्ध तथा फिल्टर प्लान्ट निर्माण, प्रेसर फिल्टरको कामका लागि , खानेपानी पाइप मर्मत तथा फिटिङ सामाहरुका लागि सङ्घ र प्रदेश सरकारको बजेट ल्याउने कार्य गरेको, देवचुली नगरपालिकाको विपद् व्यवस्थापन समितिको सहयोगमा मुहान संरक्षणको काम गरिएको, धारापानी चोकमा रहेको ओभर हेड टङ्की परिसरमा प्रेसर फिल्टर जडान गरेको अध्यक्ष कडरियाले बताए ।

डाँडा चौपारीदेखि खानेपानी मुहान परिसरमा जाने बाटो ढलानको काम गरेको, प्रयोगशाला सुधारका लागि देवचुली नगरपालिकाबाट तीन लाख विनियोजन गर्न सफल भएको, खानेपानीको मुहान संरक्षणका लागि सरोकारवालाको सहकार्यमा मुहान क्षेत्रमा पौडी खेल्न, प्रदूषण गर्न रोक लगाइएको अध्यक्ष कडरियाले बताए । आफ्नो कार्यकालको यस अवधिमा छिमेकी खानेपानी संस्थालाई प्राविधिक सहयोग गरेको उहाँले बताउनुभयो ।

सय दिनको प्रगति सार्वजनिक गर्ने कार्यक्रममा पूर्व अध्यक्ष खिमानन्द भुसाल, सल्लाहकार, कार्यसमितिका प्रतिनिधि, विभिन्न उप समितिका प्रतिनिधि, कर्मचारी लगाएको उपस्थिति रहेको थियो । गत २०८१ चैत ३० गते सम्पन्न निर्वाचनबााट अध्यक्ष कडरियाको नेतृत्वमा निर्वाचित कार्यसमितिले २०८२ वैशाख ३ गते देखि कार्यभार सम्हालेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology